सेतीमा उपचाररत ७४ बर्षीय कोरोना संक्रमितको मृत्यु
2020/11/19, 9:20
 
corona

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल भर्ना भएका गोदावरी नगरपालिका– ४ का ७४ वर्षीय पुरुषको गएराती उपचारकै क्रममा मृत्यु भएको हो ।

कोरोना पोजेटिभ देखिएपछि कोभिड अस्थायी अस्पतालमा सार्ने क्रममा उनको राती करिब ११ बजेतिर मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।