कंचनपुरको पुनर्वासमा एक युवा समुहको खुकुरी प्रहारबाट एक जना गम्भीर घाईते भएका छन् । बुधबार साढे ४ बजेको समयमा पुनर्वास नगरपालिका-६ स्थित नगरपालिका कार्यालय अगाडि मोटरसाइकलमा हिडिरहेको अवस्थामा खुकुरी प्रहार हुँदा पुनर्वास-३ का २३ वर्षीय माने तामाङ गम्भीर घाईते भएका हुन् ।
घाईते तामाङको पुनर्वास पोलिक्लिनिक आई.बि.आर.डी. मा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने समुह फरार छन् । खुकुरी प्रहारबाट घाईते तामाङको गर्धनमा , पिठ्युँ र हातमा ठुलो चोट लागेको पुनर्वास पोलिक्लिनिकका जर्नल फिजिसियन डा. सागर केसीले बताए ।
घटना ज्यान मार्ने प्रवृत्तिको देखिएको हुँदा दोषीलाई तत्काल खोजी गरि कार्वाही गर्न प्रहरीलाई घाईतेका अंकल नेपाल तामाङले अनुरोध गरेका छन् । खुकुरी प्रहार गर्ने व्यक्तिहरु बेलौरी नगरपालिका-१ बस्ने भएको खुलेपनि खुकुरी प्रहारपछि फरार रहेका उनीहरुको खोजी कार्य जारी रहेको अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.का प्रमुख प्रहरी सहायक निरीक्षक दान बहादुर साउदले जानकारी दिए ।