
सुदूरपश्चिमका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार ३५१ जनाको परीक्षण गर्दा कैलालीका १८ सहित थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिकाका ९ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ३ जना, वडा नम्बर ४ का २ जना, यस्तै वडा नम्बर ३, ५, ८ र १९ का १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
कैलालीकै लम्किचुहा नगरपालिकाका ५ जना, गोदावरी नगरपालिकाका २ जना, गौरीगंगा नगरपालिका र ठेगाना नखुलेका १/१ जनामा संक्रमण पुष्टि भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, बेलौरी नगरपालिकाका १ जना, त्यस्तै बझाङका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43