पर्यटकीय क्षेत्र चिसापानीमा जीप लाईनले बढ्यो पर्यटकको आकर्षण
2020/11/20, 6:33
 
jeepline

कैलालीको महोन्याल गाउँपालिका स्थित कर्णाली नदीमा ‘जीप लाइन’ सेवा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको यस ठाउँमा कोभिड संक्रमणको जोखिमका बाबजुत पनि जीप लाइनको आनन्द लिन पर्यटक आउने गरेका छन् ।

कैलालीको महोन्याल गाउँपालिका ७ पितमारी स्थित कर्णाली नदीको किनारमा जीप लाइन सेवा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको करिब १ सय ३० मिटर लामो लाइन निर्माण भएपछि जीपलाइन सेवा सञ्चालनमा आएको हो । साहसिक खेलको रुपमा रहेको जीप लाइनको आनन्द लिन अहिले दैनिक पर्यटकको भीड लाग्ने गरेको छ । २०७६ माघ महिनादेखि जीपलाइन सञ्चालनमा आएपनि कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेको थियो ।

4

चिसापानी एड्भेञ्चर रिसोर्टले १० लाख रुपैयाँ लागतमा जीपलाइन सेवा सञ्चालनमा ल्याएको हो । यस क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसिक खेलको मनोरञ्जन दिने उद्देश्यले जीपलाइन सेवा सञ्चालनमा ल्याइएको सञ्चालक तपेन्द्र रावलले बताए । जीपलाइनको अनुभव लिन आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । साहसिक खेल जिपलाइन खेल्नका लागि अहिले दैनिक २ सय देखि ३ सयको संख्यामा पर्यटक आउने गरेका छन् ।