कञ्चनपुरमा सडक अलपत्र छोडेको भन्दै स्थानीयद्धारा निर्माण कम्पनीका सवारी साधन कब्जा 
2020/11/20, 11:31
 
sadak

कञ्चनपुरको बेलौरी सडक खण्ड कालोपत्रेको माग गर्दे स्थानीयले निर्माण कम्पनीका साधनहरू कब्जा गरेका छन । सडक कालोपत्रेमा बदमासी गरेको भन्दै शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका स्थानीयले निर्माण कम्पनी सन्तोषी–थेगिम जेभीका साधनहरू कब्जा गरेका हुन् ।

सन्तोषी–थेगिम जेभीले विगत ५ वर्षदेखि सडक अलपत्र पारेको भन्दै शुक्रवार बिहानैदेखि ट्रक लगायतका साधनहरू रोकेको स्थानीय केशव बहादुर साउँदले जानकारी दिए । निर्माण कम्पनीले बनसाहसम्म मात्रै पानी कालोपत्रे गरेर कालागौडीका स्थानीयलाई सास्ती दिन खोजेको भन्दै बस्ती बसेको क्षेत्रसम्म सडक स्तरोउत्ति गरिनुपर्ने माग उनीहरूको छ ।

बनसाहसम्म कालोपत्रे गरेर निर्माण कम्पनी सन्तोषी–थेगिम जेभीले साधनहरू बेलौरी लग्न खोजेको थियो । तर स्थानीयले समयमै चाल पाएपछि निर्माण कम्पनीका ५ ट्रक सहित अन्य साधनहरू बाटोमै कब्जा गरिदिएका छन् । यता निर्माण कम्पनीले भने पहिलो खण्ड अन्तर्गतको काम केही बाँकी रहेकाले दोस्रो खण्डबाट सुचारु गर्ने गरी निर्माण सामाग्रीहरू बेलौरी लग्न खोजिएको छ । कम्पनीले स्थानीयसँग छलफल गर्ने प्रयास भईरहेको जनाएको छ ।