
कञ्चनपुरमा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन् । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको रुखमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए ।

वडाध्यक्ष रोकायाको शव घर नजिकैको मन्दिर छेउको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल मृतक वडाध्यक्षको घरबाट एक किलोमिटरको दुरीमा छ । बिहान ७ बजेतिर घरबाट निस्किएका वडाध्यक्ष रोकाया बेलडाँडी गाउँपालिका–५ स्थित बाबाथान मन्दिर नजिकै रुखमा प्लाष्टिकको डोरीले झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी थापाको प्रहरी टोली घटनास्थल पुगेको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/10/03, 2:14
2020/09/22, 4:17