
मारिए हजार सपनाहरू
उजाडिए हजारौं घरहरु
सकाइयो सयौ खुसीहरु
काटिए धेरै हातहरु

छुटाइए प्रेमीहरु
लखेटिए आफन्तहरु
तोडिए सम्बन्धहरु
पेलिए जोडीहरु
गरिव माथि अन्याय किन
प्रेमीहरु माथि थिचोमिचो किन
पानी नचल्ने भन्दै हेपाई किन
सानो हो भन्दै चेपाइ किन ?

लाग्दछ कानुन छैन यहाँ
लाग्दछ सरकार छैन यहाँ
लाग्दछ न्याय छैन यहाँ
लाग्दछ दया माया छैन यहाँ
खोइ कस्तो चलन हो मान्छे अलग हुने
खोइ कस्तो समाज हो ठूलो सानो हुने
खोइ कस्तो देश हो अन्याय मात्रै हुने
खोई कस्तो सरकार सबै हेरि बस्ने ।
अब चुप बसिन्न सरकार
न्यायका लागि लडिन्छ सरकार
बरु जाओस् ज्यान थिचोमिचो सहिन्न सरकार
ती महान प्रेमीलाई न्याय दिईन्छ सरकार ।
विकास पाठक
धनगढी–१, कैलाली
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 4:15
2020/12/26, 10:35
2021/04/30, 10:07
2021/11/17, 12:48
2023/08/06, 2:16