
सुदूरपश्चिममा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज तीन सय १८ जनाको परीक्षण गर्दा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर २ र ४ का ३, ३ जना, त्यस्तै वडा नम्बर १ का २ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
कैलालीकै भजनी नगरपालिकाका ८ जना, लम्कीचुहा नगरपालिकाका ६ जना, गोदावरी नगरपालिकाका २ जना, यस्तै गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र टीकापुर नगरपालिकाका १, १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

कैलालीकै ठेगाना नखुलेका ४ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
2025/05/23, 12:33
2025/05/23, 12:31
2025/05/23, 12:30
2025/05/23, 12:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 7:04
2021/05/16, 11:10
2021/12/14, 12:33