
बैतडी प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएको बिडी बरामद गरेको छ । पञ्चेश्वर गाउँपालिका–४ सैलोडास्थित बिनायक घाटबाट अवैध रुपमा ओसारपसार गरिरहेको अवस्थामा १२ पेटी बिडी बरामद गरिएको प्रहरी जानकारी दिएको छ ।

प्रहरीले बिडी ओसारपसारमा संलग्न १ जनालाई समेत नियन्त्रणमा लिएको छ । पञ्चेश्वर गाउँपालिका–१ का ३० वर्षीय राजेन्द्र धामीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
उक्त बरामद बिडीको अन्दाजी मुल्य १० लाख बढी रहेको उनले बताए । बरामद गरिएको बिडी र नियन्त्रणमा लिइएको व्यक्तिलाई आवश्यक कारवाहीका लागि भान्सार कार्यालय झुलाघाट पठाइएको प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/10/03, 2:14
2020/09/22, 4:17