
छठ पर्वको मुख्य दिन शुक्रवार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ। छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो।

धनगढीको मोहना नदीमा छठ पर्व मनाइएको छ। कोरोना सङ्क्रमणका कारण यस वर्ष गत विगत जस्तो सजावट गरी उल्लास पूर्वक तरिकाले भने छठ मनाइएन । स्वास्थ्य सावधानी अपनाउँदै मोहना नदीमा मानिसहरू छठ मनाइ रहेका थिए ।

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो भने भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गरिन्छ।
छठ पर्वमा सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक मान्यता पनि रही आएको छ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/10/03, 2:14
2020/09/22, 4:17