आठ बर्षीय यशराजको आफ्नै वास्तविक कथा हे आमा तिमी......
2020/11/21, 10:51
 
yesraj karna

सीताराम ओझा-  यशराज कर्ण उमेरले आठ बर्ष पुगे । तीन बर्ष भईसक्यो उनले गीत गाउन थालेको । सबैका लागि सुन्दर नृत्य गर्न थालेको पनि धेरै भईसक्यो । एक बालकका लागि आमा सबथोक हुन् तर यज्ञराज एक बर्षदेखि आमाको अभाव भोगिरहेका छन् । आमाको माया पाउनबाट बन्चित छन् । आमाको काख नभएको एक बर्ष भईसकेको छ उनलाई ।

2

बुबा त्रिवेन्द्र कर्णसँग बालापन विताईरहेका छन् । आमाको अभावमा उनले धेरै दुःख कष्ट भोगेका छन् । पिडा भोगेका छन् । सहानुभुती पाएका छन् । आमाको माया नपाएपछि उनी आमालाई पुकारिरहेका छन् । आमालाई खोजिरहेका छन् । तर उनकी आमा अब फर्किएर आउने कुनै आधार छैन् । यो कुरा यशराजलाई पनि थाहा छैन । तर उनको उमेरले आमा खोजिरहेको छ । जता पनि आमालाई देखिरहेका छन् ।

3

जताततै आमाकै काख खोजिरहेका छन् । आमाको अभाव हुन नदिएका छैनन् उनका बुबा त्रिवेन्द्रले । सानै उमेरदेखि उनको चाहना पुरा गरिरहेका छन् । उनका रहर बुझाईरहेका छन् । आफ्नो सपना पनि छोरामा देखिरहेका छन् । त्यही भएर उनी छोरा यसराजलाई आफ्नो र छोराको लक्ष्य पुरा गर्ने पथमा लम्बिरहेका छन् । 

3

आठ बर्षका यज्ञराज कक्षा २ मा पढ्छन् । धनगढीको वेष्टर्न क्रिष्टल एकेडेमीमा पढ्छन् । गत बर्ष धनगढीमा आयोजना गरिएको जुनियर लिटिल प्रिन्सका विजेता पनि भईसकेका छन् । विभिन्न सार्वजनिक कार्यक्रम र सुदुरपश्चिम महोत्सवमा पनि हजारौंको सामु गीत गाईसकेका छन् । सयौं जनाका अगाडी निर्धक्कले नाचिसकेका छन् । अहिले आएर उनले आफ्नै गीत गाएका छन् । आफ्नै पिडा सुनाएका छन् । आफ्नै वेदना पोखेका छन् ।

4

आफ्नै सुस्केरा गुनगुनाएका छन् गीतमा । हे आमा तिमी बोलको गीत धनगढीमा रेकर्ड गराएका छन् उनले । मंसीर महिनाभित्र गीत र म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी गरिएको छ । यशराजले रेकर्ड गराएको पहिलो गीत उनकै वास्तविक जीवनमा आधारित छ । आफ्नै बाल्य जीवनको कथा बोलेका छन् यो गीतमा यशराजले । 

4

यसराजका बुबा त्रिवेन्द्रको सपना गायक बन्ने थियो । तर उनी डान्सर बने । त्यही आफ्नो गायक बन्ने सपनालाई छोरा मार्फत साकार गर्दै छन् त्रिवेन्द्र । त्यो पनि यशराजकी आमाले छोडेर गएपछि आफैसँग राखेर हुर्काएको छोराको बाल मनोविज्ञानले के सोच्छ होला, बाल मष्तिस्कमा कस्तो असर पर्छ होला भन्ने कुरा बुझेर त्यही सेरोफेरोमा छोराका लागि गीत बनाउन अहिलेका चर्चित संगीतकार भीम विसीलाई भने । त्रिवेन्द्रको ईच्छालाई भीमले नकार्न सकेनन् ।

3

अनि भीमले उनका छोरा यशराजका लागि तयार पारे हे आमा तिमी बोलको गीत । त्यसमा संगीत भरे । अनि एरेन्ज गर्न लगाए । म्युजिक ट्रयाक तयार भयो । यसराजलाई अभ्यास गराईयो । अहिले आएर धनगढीमै रेकर्ड गरियो गीतलाई संगीतकार तथा रचनाकार भीम विसीकै उपस्थितिमा ।

1

हजार बर्ष बाँच तिमी 
हजार खुशी साच तिमी ।
मनले चिताएका सबै कुरा 
पलभरमै खुशी बाड तिमी ।।
हे आमा तिमी स्वर्गै सरि छौ 
हे आमा तिमी धर्ती मेरै हौ ।।।।

3

दशैं र तिहार मनाउनका लागि संगीतकार तथा कम्पोजर भीम धनगढी आएका थिए । उनले यो दशै तिहारको समयलाई पनि गीत संगीतकै काममा लगाए । तीन दशकभन्दा वढी समय देउडा संगीतमा लागेका बरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीका पुराना चर्चित गीतलाई पुनः रेकर्डिङको काम गरे भने यसै बीचमा यशराजको गीतलाई धनगढीको अपटेक स्टुडियोमा रेकर्ड गराए ।

1

यशराजको गायकीबाट उत्साहित छन भीम पनि । उनमा राम्रो सम्भावना र क्षमता देखेका छन् । यो गीत धेरै समय अगाडी नै ल्याउने तयारी भएको थियो । तर कोरोनाका कारण ढिला भयो । अब भने एक महिनाभित्र गीत र गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने गरी काम अघि बढाईएको छ । 

1

त्रिवेन्द्र कर्ण दुई दशकदेखि धनगढीमा डान्सर र डान्स डाईरेक्टरको रुपमा काम गरिरहेका छन् । ५० भन्दा वढी म्युजिक भिडियो बनाएका छन् । आफै अभिनय पनि गरेका छन् । स्थानीय चलचित्रमा अभिनयसँगै गीत पनि गाएका छन् । सयौं स्टेज कार्यक्रममा आफ्नो क्षमता पनि देखाएका छन् । त्यही क्रममा उनको वैवाहिक जीवन एक दशकभन्दा धेरै टिक्क सकेन् ।

1

त्यही मायाको निशानी हुन् यशराज । तर यशराजकी आमा र बुबा त्रिबेन्द्रले वैचारिक भिन्नताले सँगै बस्न नसक्ने निष्कर्षमा पुग्दै सम्बन्ध बिच्छेद गरे । यसराज भने बुबासँगै बसे । यो बसाईको भोगाईको यथार्थ नै उनले गाएको हे आमा तिमीलाई बोलको गीतमा झल्काईएको छ । 

3

बुबा त्रिबेन्द्रका अनुसार यशराजलाई कलाकार बन्ने रहर छ । छोराको रहरलाई पुरा गर्नु नै उनको पहिलो प्राथमिकता हो । त्यही भएर उनले आफ्ना ईच्छा चाहना मारेर पनि छोराका रहरलाई पुरा गरिरहेका छन् । आमाको अभाव महसुस नहोस् भने लागिरहेका छन् । उनले आफ्नो पारिवारिक जीवनको बारेमा अहिले नै केही सोचेका छैनन् ।  

2