तिमी जित्दैछौ अफसोच मेरो देशले हार्दैछ !
2020/11/21, 11:01
 
madan bhatta

तिम्रै पार्टीकोले चुनाव जित्यो
तिम्रै जिल्लाकोले चुनाव जित्यो
तिम्रै जातकोले चुनाव जित्यो
तिमिलाई टन्न मासु भात खुवाउनेले चुनाव जित्यो
तर अफसोच
मेरो देशले चुनाव हा¥यो !

यो आक्रोस किन ??
यो छट्पटी किन ??
देश कसले डुबाउदैछ ??
नक्साको चुच्चो कता हराउँदैछ ??
संसदलाई सर्कस कसले बनाउँदैछ?

नेपाल आमाको बलात्कार हुदैछ त के भयो ?
भुरे टाकुरेले शासन गर्दैछन त के भयो ??
भ्रष्ट्रहरु सरकारमा नाङ्गै
नाच्दैछन त के भयो ??
व्यवस्था र तन्त्र खराब हुदैंन
यो संघीय गणतन्त्रभित्र आत्मघाती भाईरस घुसाउने को ??
खराब व्यक्तीलाई राम्रो ठाउँमा पठाउने को ??
राम्रोभन्दा हाम्रोलाई चुनाव जिताउने को ?
किन लाग्दैछ गणतन्त्र र संघीयता मुर्दावादको नारा ??
राजा आउ देश बचाउको नारा लागाउने को ??
आफ्नै परिवार जोगाउन नसक्ने राजालाई
सयौं बर्ष शासन चलाएर असफल राजालाई
संजीवनी खुवाएर ब्युझाउने को ??
अफसोच
तिमी जित्दैछौतर मेरो देशको भबिष्य हार्दैछ
मेरा सन्तानको भबिष्य हार्दैछ !!
ए पशुपतिनाथले चलाएको देशका भ्यागुताहरु हौ
तिम्रो एक गलत भोटको
तिम्रो गलत रोजाईको सजाय
मेरो भावी पुस्ता भोग्दैछ
मेरो भावी पुस्ता भोग्दैछ !!!