कैलालीका ४५ सहित सुदूरपश्चिममा थप ५१ जनामा संक्रमण पुष्टि 
2020/11/21, 3:17
 
corona

सुदूरपश्चिममा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशालामा ३ सय ७७ जनाको परीक्षण गर्दा ५१ जनामा कोरोना पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । 

कोरोना संक्रमण पुष्टि भएकोमा सबैभन्दा वढी कैलाली जिल्लामा ४५ जना रहेका छन् । त्यसमा पनि धनगढी उपमहानगरपालिका क्षेत्रका २७ जनामा कोरोना पुष्टि भएको छ । उनका अनुसार सबैभन्दा वढी वडा नम्बर २ मा ७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी वडा नम्बर ५ मा ५ जना, वडा नम्बर १ मा तीन जना, वडा नम्बर ११ मा २ जना र वडा नम्बर ३ मा एक जना, ४ मा एक जना, ७ मा एक जना, १२ मा एक जना वडा नम्बर १६ मा एक जना र वडा नम्बर १८ मा पनि एक जनामा कोरोना पुष्टि भएको हो । वडा नम्बर नखुलेका चार जनामा पनि कोरोना पोजेटिभ आएको सुचना अधिकारी श्रेष्ठले बताए । 

त्यसैगरी टीकापुरका १६ जना, गौरीगंगाका एक जना र एक जनाको ठेगाना नखुलेका रहेका छन् । कञ्चनपुरका ६ जनामा पनि कोरोना देखिएको छ । त्यसमा भिमदत्त नगरपालिकाका ५ जना र बेल्डाडी गाउँपालिकाका एक जना रहेका छन् । 

1