
कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ मा से १ त ९५३३ नम्बरको ट्रयाक्टरले से १ प ६७६५ को मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार ३५ वर्षीया रामेश्वरी जोशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
मोटरसाइकल चालक मृतकका ५५ बर्षीय श्रीमान डम्मरदेव जोशी र उनकी १५ वर्षिया छोरी ममता जोशी घाइते भएका छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/10/03, 2:14
2020/09/22, 4:17