दार्चुलाका पहिलो कोरोना संक्रमितः भारतको धार्चुलाबाट उद्धार गरिएका १४ जिल्लाका तीन सय १९ को भिडमा थिए
2020/05/28, 1:37
 
korona

दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालमा गरिएको परिक्षणमा महाकाली नगरपालिकाका २१ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

महेन्द्र नमुना माविको क्वारेन्टाईनमा राखिएका उनलाई कोरोना सक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल दार्चुलामा लगिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  उनी भारतको दिल्लीबाट जेठ ८ गते धारचुला–दार्चुला नाकाबाट स्वदेश फर्किएका थिए । उनीसंगै भारतमा मजदुरी गर्न गएका १४ जिल्लाका नेपाली पनि फर्किएका थिए । 

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार दार्चुला र धार्चुला जोड्ने झोलुंगे पूल भएर सोही दिन तीन सय १९ जना मजदुरको उद्धार गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कँुवरका अनुसार ८ गते भारतको दिल्लीदेखि पिथौरागढका विभिन्न शहरमा मजदुरी गर्न गएका नेपालीलाई बिहान झोलुंगे पूल खुलाएर उद्धार गरिएको थियो । सोही दिन दुई सय बढी भारत पनि फर्किएका थिए ।