सुदूरपश्चिम प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि 
2020/11/22, 6:24
 
corona

सुदूरपश्चिम प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका पाँच वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।

सबैभन्दा बढी सेती प्रादेशिक अस्पताल प्रयोगशालामा  २२० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्बर २, ४, ७ र ठेगाना नखुलेका १, १ जनामा संक्रमण देखिएको छ ।

कैलालीकै टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका ३, ३ जना, जोशीपुर गाउँपालिकाका २ जना र कैलाली गाउँपालिकाका एक जनामा संक्रमण देखिएको छ । कञ्चनपुरको महाकाली नगरपालिका र बेलडाँडी गाउँपालिकाका एक एक जना र बैतडीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

बैतडी अस्पतालमा ६४ जनाको परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको छ । बझाङमा १३ जनाको परीक्षण गरिएकोमा ४ जनामा संक्रमण पुष्टि भएको छ । अछाम कमल बजारमा ३ जनाको परीक्षण गरिएकोमा एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए । 

तर यो तथ्यांकमा डोटीमा थपिएका तीन जना संक्रमितको संख्या जोडिएको छैन् । डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । ३२ जनाको कोरोना परीक्षण भएकोमा ३ जना नयाँ र ६ जना फ्लोअपको नतिजा पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ जनामा कोरोना संक्रमण भेटिएको बताए ।