
नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बन्द रहेको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खुलेको छ । भारतीय पेन्सनरहरूलाई आवतजावत गर्नका लागि आजदेखि १२ गतेसम्मका लागि नाका खुल्ला गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

पेन्सनरहरूलाई आवश्यक कागजात सहित झुलाघाटस्थित एसबिआई बैंकमा सम्पर्क राख्न पनि नेगीले आग्रह गरे । नेपाल–भारत नाका बन्द हुँदा पेन्सन नपाएपछि मन्त्रि परिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय, बैतडी र जिल्लाधिकारीको कार्यालय, पिथौरागढले पाँच दिनका लागि नाका खोल्ने सहमति गरेको हो ।
पेन्सनरहरूका लागि खोलिएको भए पनि अत्यावश्यक काम परेकाहरूले समेत नाका प्रयोग गर्न सक्ने जिल्ला प्रशासन कार्यालय, बैतडीका एक अधिकारीले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43