कैलालीमा ९० दिनसम्म पुग्ने क्षमताको आयल निगमको डिपो बन्ने
2020/11/23, 7:42
 
oil nigam

नेपाल आयल निगमले सुदुर पश्चिम प्रदेशको ९० दिनसम्मको आवश्यकता पुरा गर्ने क्षमताको डिपो कैलालीको गोदावरी नगरपालिका ८ मा तयार गर्ने भएको छ।

2

स्याउलेमा रहेको शिवशक्ति महिला सामुदायीक बनको मातहतमा रहेको ३० बिघा जग्गा प्राप्तीका लागि प्रकृया अगाडि बढेको आयल निगको सुदुर पश्चिम प्रादेशिक कार्यालयले जनाएको छ।

1

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल लगायतको टोलीले आइतबार प्रारम्भिक स्थलगत अवलोकन गरेको छ।