सुदूरपश्चिम प्रदेशः गौरवका सडक आयोजनाको निर्माण तीव्र
2020/11/23, 12:13
 
sadak

सुदूरपश्चिम प्रदेश गौरवका सडक आयोजनाको निर्माण तीव्र पारिएको छ । प्रत्येक जिल्लामा प्रदेश गौरवका एक्एक सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० निर्माणसँगै सडक निर्माण तीव्र पारिएको हो । प्रदेश सरकारले स्थानीय तहका केन्द्र र जिल्ला जोड्नेगरी सडक सञ्जाल विस्तार अघि बढाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले बताएको छ ।

तीन स्थानीय तहका केन्द्र र दुई जिल्लालाई एकआपसमा जोड्नेगरी सडक निर्माणलाई तीव्रता दिइएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले बताए । प्रदेश सरकारको २०७५ चैत ११ गतेको निर्णयले प्रदेशको नौओटै जिल्लामा एक÷एक सडकलाई प्रदेश गौरवको सडकको रूपमा अघि बढाउने निर्णय गरेको थियो ।

सडक निर्माणका लागि आर्थिक वर्ष २०७६्७७ मा गुरुयोजना निर्माण गरिएको थियो । गुरुयोजना अनुसार हाल सडक निर्माणको काम भइहेको छ । चालू आवका लागि प्रदेश सरकारले ६१ करोड रुपैयाँ विनियोजन गरेको छ भने विभिन्न जिल्लामा लागि बहुवर्षीय ठेक्का मार्फत १०० दशमलव ४ किलोमिटर कालोपत्र समेत भइरहेको छ ।

प्रदेश गौरवका सडकहरू तीन वर्षको समय राखेर निर्माण शुरू गरिएको छ । सडकहरूको अनुगमन गरिरहेको यातायात पूर्वाधार निर्देशनालयले डीपीआर बनाउँदै बजेट छुट्याएर काम गरिरहेको छ । निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले प्रत्येक सडकको खण्ड–खण्डमा डीपीआर बनाएर काम हुने बताए । ‘तीन वर्षमा गौरवका योजनामा परेका सबै सडकको स्तरवृद्धि भइसक्नेछ,’ उनले भने ।

तत्काल नयाँ ट्र्याक खोल्ने, स्तरवृद्धि गर्ने कामहरू भइरहेको जानकारी उनले दिए । स्तरवृद्धि भइसकेको ठाउँमा कालोपत्र भइरहेको उनले बताए । उनका अनुसार खुलेको ट्र्याकको स्तरवृद्धि गर्ने काम भइरहेको छ । सडकको स्ट्रक्चर बनाउने र ग्राभेल गर्ने काम पनि भइरहेको उनको भनाइ छ ।

पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन भइरहेका सडक योजनाहरूको धमाधम शिलान्यास भइरहेको छ । यही असोज २३ गते कैलालीमा पर्ने प्रदेश गौरवको भजनी ९छोटी भन्सार०–खिमडी ९ठूलीगाड० सडक मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गरेका छन् । भजनी नगरपालिका तथा बर्दगोरिया र मोहन्याल गाउँपालिकालाई जोड्ने सो सडकको बौनिया बजारभन्दा माथिको तीन किलोमिटर कालोपत्र गर्ने काम शुरू भएको पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्यामबहादुर खड्काले जानकारी दिए । यसका लागि चालू आर्थिक वर्षमा ४ करोड रुपैयाँ छुट्याइएको छ ।

पूर्वाधार विकास कार्यालय डँडेलधुराले दैजी–पोखरा–ढुंगाड–बझाङ सडकको लिस्नादेखि जोगबुडासम्मको १७ र पोखरादेखि ढुंगाडसम्मको १० किलोमिटर कालोपत्र यसै वर्ष गर्नेगरी ठेक्का लगाएको छ । ‘दैजीदेखि बझाङसम्म ११५ किलोमिटर छ,’ कार्यालय प्रमुख रामचन्द्र खत्रीले भने, ‘गुरुयोजना बनाएर चरणबद्ध रूपमा सडक निर्माण पूरा गर्छौं ।’

सोही कार्यालयले डोटीमा सहजपुर–बोक्टान–दीपायल सडकको २१ किलोमिटर कालोपत्र गर्दै छ । ‘सहजपुरदेखि दीपालयसम्म २०० किलोमिटर रहेको छ,’ कार्यालय प्रमख खत्रीले भने, ‘रानागाउँदेखि वाइलसम्मको ११ र दीपालयतिरबाट १० किलोमिटर कालोपत्रका लागि ठेक्का सम्झौता भएको छ ।’ यस सडकको शिलान्यास पनि मुख्यमन्त्री भट्टले गरिसकेका छन् ।

त्यस्तै कञ्चनपुरको बैलौरी–कलुवापुर–नाइल–बुडर सडक भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले शिलान्यास गरेका छन् । सो सडकमा पर्ने बैलौरीदेखि वनशाहसम्म ३१ किलोमिटर यसअघि सडक डिभिजन कार्यालयले कालोपत्र गरिसकेको छ । वनशाहदेखि डिल्लोसम्मको ९ दशमलव १ किलोमिटरमा कालोपत्र गर्न ११ करोड रुपैयाँमा ठेक्का लागेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका इञ्जिनियर हेमराज भट्टले बताए । ‘बंकदेखि पहरियासम्मको ७ किलोमिटरमा पनि काम शुरू भएको छ,’ उनले भने, ‘यसका लागि ८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।’

पूर्वाधार विकास कार्यालय बैतडीले सतबाँझ–श्रीभावर–दार्चुला सडक र दार्चुलाको देथला–खार–खलंगा–खण्डेश्वरी सडक निर्माण गरिरहेको छ । करीब एकरएक सय किलोमिटर लामो सडकका लागि १०्१० करोड रुपैयाँ विनियोजन भएको कार्यालय प्रमुख जगतप्रसाद जोशीले बताए । सतबाँझदेखि श्रीभावरसम्मको ७ किलोमिटर र श्रीभावरदेखि हाटसम्म ९ किलोमिटर सडक खण्ड कालोपत्रका लागि ठेक्का भएको उनले बताए ।

दार्चुलामा खलंगादेखि लेखनाथसम्मको ९ किलोमिटर १६ करोडमा र देथलादेखि खारसम्मको ६ किलोमिटर खण्डमा ११ करोड रुपैयाँमा कालोपत्रका लागि ठेक्का भएको प्रमुख जोशीले बताए । बाँकी सडकको पनि गुरुयोजना निर्माण गरी सडकको स्तरवृद्धिका लागि मन्त्रालयमा फाइल पेश गरेको जानकारी उनले दिए । ‘मन्त्रालयले स्वीकृति दिएमा यो पनि छिट्टै अगाडि बढ्छ,’ उनले भने ।

पूर्वाधार विकास कार्यालय अछामले बाजुरामा खप्तड–मार्तडी र अछाममा चिसापानी–अछाम–बडीमालिका सडक निर्माण गरिरहेको छ । झण्डै ७० किलोमिटरको खप्तड–मार्तडी सडकमा १५ किलोमिटर स्तरवृद्धिका लागि ३ करोड रुपैयाँमा ठेक्का भएको कार्यालय प्रमुख जंगबहादुर थापाले बताए । चिसापानी–अछाम–बडीमालिकाको दूरी यकिन नभए पनि ४६ किलोमिटरको डीपीआर तयार भएको छ । ‘यस वर्ष २ दशमलव ३ किलोमिटर कालोपत्रका लागि ४ करोड रुपैयाँमा ठेक्का भएको छ,’ उनले भने, ‘जंगल क्षेत्र बढी भएकाले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट बनाउने काम भइरहेको छ ।’

पूर्वाधार विकास कार्यालय बझाङले दीपालयदेखि साइपालसम्मको सडकलाई प्रदेश गौरवको योजना बनाएको छ । यस वर्ष ४ करोड रुपैयाँ लागतमा सडकको ट्र्याक खोल्ने र स्तरवृद्धि गर्ने काम भइरहेको कार्यलय प्रमख नवराज रावलले बताए । यो सडकले कर्णाली प्रदेशको हुम्ला जिल्लालाई समेत जोड्नेछ ।