बझाङमा ३ लाख नगद सहित सुन चोरी
2020/11/23, 12:30
 
chori

शनिवार राती घरमा कोहि नभएको मौका छोपि बुङ्गल नगरपालिका वडा नं २ रैसिल्लीको एक घरमा चोरी भएको छ । स्थानिय जयमल जाग्रीको घरबाट ३ लाख नगद सहित गरगहना चोरी भएको हो । शनिवार राती गाँउमा विहे थियो । घरका सबै जना विहेमा गएको मौकामा नगद र गरगहना गरी ३ लाख ५० हजार बराबरको चोरी भएको जयमल जाग्रीले बताए ।

उनले भने शनिवार साँझ ७ बजे तिर हामी सबै जना ढोकामा ताल्चा लगाएर भाईको विहेमा गएका थियौँ । घरमा कोहि नभएको मोकामा चोरले घरको ताल्चा फोडेर माथिल्लो तालामा रहेको बाकस सहित उठाएर लगेछ । बाकस सहित उठाएर लगेका चोरले बाकस २ सय ५० मिटर परको जंगलमा छोडेको थियो । जाग्री परिवारको यसपाली मधेसतिर घर बनाउने योजना थियो । यसपालिको हिउदमा अत्तरियामा घर लगाउने योजना भएकाले उनीहरुले रकम जम्मा गर्दै थिए ।

केहि दिन अघिमात्र पैसा असुली गरेर घरमा राखेका थिए । चोरी गर्ने मान्छे टाढाको नभई गाँउकै हुन सक्ने प्रहरीको भनाई छ । घरको बोरेमा सबै थाहा पाएको मानिसले मात्र यस्तो घटना गर्न सक्छन । नभए कस्को घरमा कुन ठाँउमा बाकस छ । पैसा कुन कुन ठाँउ बाट आयो भन्ने थाहा हुदैन । यस बारेमा सबै जानकारले मात्र चोरी गर्न सक्छन । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।