
आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण यी क्षेत्रका पहाडी जिल्लामा हल्का हिमपात हुने अनुमान छ ।

पश्चिमी वायुकै प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेकका ठाउँमा पनि मौसम आंशिक बद्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण भोलि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । यस्तै चिसो बढ्न थालेसँगै तराईका जिल्लालगायत अन्य केही ठाउँमा बिहानको समयमा पातलो कुहिरो लाग्न थालेको छ ।
मौसमविद्ले बिहान सबेरै गाडी चलाउने, कामका लागि हिँड्ने र मर्निङवाकमा निस्कनेलाई दुर्घटनाको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31