
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा जम्मा दुई अर्ब नौ करोड ८६ लाख २६ हजार रुपैयाँ बजेट खर्च गरेको छ । कार्तिक मसान्तसम्म चालूतर्फ एक अर्ब १० करोड ४७ लाख र पूजीगततर्फ ९९ करोड २८ लाख रुपैया गरी दुई अर्ब नै करोड ८६ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

जुन खर्च ६.२९ प्रतिशत हुन आउछ । चालू आर्थिक वर्षमा प्रदेश सरकारले बजेट खर्च प्रगति ९० प्रतिशत पुर्याउने लक्ष्य रहेको आर्थिक मामिला तथ योजना मन्त्री झपतबहादुर बोहराले बताए । चालू वर्षमा प्रदेशको ३३ अर्ब २८ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55