
वरिष्ठ गीतकार रत्न शमशेर थापाको बिहीबार निधन भएको छ । उहाँको उपचारकाे क्रममा बिहीबार नर्भिक अस्पतालमा निधन भएको हो ।

नशाको समस्याका कारण लामो समयदेखि बिरामी रहनुभएका उहाँकाे ८३ वर्षको उमेरमा निधन भएको हो । २०१८ सालदेखि गीत लेख्न सुरु गर्नु भएका थापाले धेरै जसो चलचित्रका लागि पनि गीत लेख्नुभएको साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।
थापाले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखोमायालगायत चलचित्रमा गीत लेख्नुभएको छ । उहाँका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, बिछोडको पीडा, गोरेटो त्यो गाउँकोलगायतका गीत लोकप्रिय छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02