
मुक्तक ०१
सहयोगीको आँखाको आशु कहिल्यै देखेनौ
छेक्न सक्ने दुःखीको पीडा कहिल्यै छेकेनौ
आङको भैसी नदेख्नेले अरुको जुम्रा खोज्छौ
अरुको लेख्यौ आफ्नो कमजोरी कहिल्यै लेखेनौ ।

मुक्तक ०२
स्वाभिमान झुकेपछि सगरमाथाको उचाईले के गर्नु ?
अवसरहरु चुकेपछि प्रकृतिको रुचाईले के गर्नु ?
युद्ध नरोकिएपछि बुद्धको देश भनेर के गर्नु
नितिमा चुकेपछि बकमफुसे नचाईले के गर्नु ?
मुक्तक ०३
दशैं, तिहार भन्दाभन्दै छठ पनि आएर गयो
कतिलाई खुसी कतिमा पीडा छाएर गयो ।
माईत, मावल अनि ससुराल धाउँदा धाउदै
कतिलाई चाडपर्वले धेरै ऋण लाएर गयो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02