कपडा बैंकलाई पाँच साय ६४ थान कपडा दान
2019/09/19, 4:22
 
gfghf

धनगढीको कपडा बैंकलाई पाँच सय ६४ थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ मा रहेको कपडा बैंकलाई तीन दिनको अवधीमा पाँच सय ६४ थान कपडा दान गरिएको हो। धनगढीकै विभिन्न क्षेत्रका व्यक्तिहरुले कपडा दान गरेका हुन। धनगढीकै डाक्टर जयराज केसी, डाक्टर विद्याप्रसाद पन्त, हेमराज जोशी, हेम अधिकारी, वाटी विष्ट, परमानन्द भट्ट, ईन्द्र रावाल, विरेन्द्र भाट, ओमप्रकास भट्ट, मधु पन्त, मीना थापा, वावुराम डगौरा, दुजिज चौधरी र नारायाण हार्डवयरले कपडा दान गरेका हुन। 

कपडा संकलनका लागि प्रत्येक शनिवार विहान ८ बजेदेखि १० बजे सम्म ट्राफिक चौराह, क्याम्पस चौक र एलएनचौकमा पनि गाडीहरु समेत राखिदै आईएको छ भने प्रत्येक दिन विहान ८ देखि १० र साँझ ५ देखि ७ बजे सम्म बैंक समेत खुल्ला रहने गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताउनुभयो। संकलन भएका कपडाहरु बैंक मार्फत निशुल्क वितरण गरिदै आईएको छ।