धनगढीमा भाटभटेनी सुपर मार्केटको शाखा शिलान्यास, २०७८ को फागुनमा सञ्चालनमा ल्याउने तयारी
2020/11/30, 8:45
 
bhat bhateni

सुदूरपश्चिममा पहिलो पटक भाटभटेनी सुपर मार्केटको २३ औं शाखा शिलान्यास भएको छ । सोमबार धनगढी उपमहानगरपालिका ३ बोराडाँडीमा निर्माण हुन लागेको भाटभटेनी सुपर मार्केट शाखाको शिलान्यास गरिएको हो ।

काठमाडौ उपत्यका भित्र ११ र उपत्यका बाहिर ९ शाखा रहेको भाटभटेनी सुपर मार्केटले अब उपभोक्तालाई मध्यनजर राख्दै सुदूरपश्चिम प्रदेशको व्यापारीक केन्द्र धनगढीमा पनि संचालन हुन लागेको सञ्चालक मीनबहादुर गुरुङले बताए ।

1

भाटभटेनी लागि छनोट गरिएको १५ कठ्ठा जमिनमा १ अर्वको लागतमा भाटभटेनीले दिदै आएको सेवामा थप २ वटा मल्टीप्लेक्स सिनेमा हल, केएफसी, क्याफे सहितका ७ तलाको भवन निर्माण हुने संचालक गुरुङले बताए । भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङका अनुसार १५ कठ्ठा जमिनमा १ अर्बको लागतमा विशाल भवन निर्माण हुने भएको छ ।

भाटभटेनीबाट यहाँको कृषि, उद्योगमा टेवा पुुग्ने विश्वास लिइएको छ । कम्तीमा  साढे २ सय जनालाई रोजगारी प्रदान गर्न सकिने सञ्चालक गुरुङको दाबी छ ।