सुदुरपश्चिम प्रदेशका सत्तापक्ष दलका नेताहरु नै आफ्नै सरकारको खोईरो खन्दै
2020/05/28, 8:41
 
neta

सुदूरपश्चिम प्रदेश सभाको छैठौ अधिवेशनको तेस्रो वैठकमा सुदुरपश्चिम प्रदेश सभा सदस्यहरुले आफ्नै सरकारको खोईरो खन्न थालेका छन् । आजको वैठकमा प्रतिपक्षले भन्दा सत्ता पक्षका प्रदेश सभा सदस्यहरु आफ्नै सरकारको खोईरो खन्न थालेका हुन् । मंगलवारको वैठकमा पनि सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरुले सरकारका गतिविधि सन्तोषजनक नभएको भन्दै आक्रोस समेत पोखेका थिए । 

प्रदेश सभामा सत्तापक्षका लीलाधर भट्ट, पूर्णा जोशी, मानबहादुर धामी लगायतले कडा शव्दमा आफ्नै सरकारको आलोचना गरेका छन । उनीहरुले सरकारका कामका साथै र आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कालापानी क्षेत्रका बारेमा दिएको अभिव्यक्ती र अमेरिकन झण्डा भएको रुमाल रोस्टममा लगेकोमा विषयमा चर्को आलोचना गरेका हुन । उनीहरुले जनताका चाहना अनुसारका प्रदेश सरकारले काम गर्न नसकेको भन्दै आफ्नै पार्टीको सरकारलाई पश्न सोधेका छन । प्रदेश सभा सदस्य जोशीले वैठकमा आफ्नो धारणा राख्दै भनिन– ‘जहिले पनि चार “क” अर्थात कर्मचारी,कानून, कायविधि र कोरोनालाई दोष दिएर कहिलेसम्म सरकार उम्कने मिल्छ ? 

https://youtu.be/oxqd1Ay1-ug

प्रदेश सभा सदस्य धामीले भारतबाट आएकाहरुलाई प्रदेश सरकारले एक छाक खाना मात्रै खुवाएको चर्चा गर्दै कोरोना सञ्चालन कोष कसरी परिचालन गरिएको छ ? भन्ने प्रश्न आफ्नै पार्टीको सरकारलाई सोधेका छन । सत्तापक्षकै प्रदेश सभा सदस्य लीलाधर भट्टले सरकारले आफैले घोषणा गरेका काम पुरा नगरेको आरोप लगाए । प्रदेश सभा सदस्य भट्टले बुँदागत रुपमा राखेका २४ वटा सरकारका कमजोरी औल्याएका छन । सत्तापक्षका प्रदेश सभा सदस्यहरुले संघीय सरकारले हालै कालापानी, लिपुलेक र लिम्पियाधुराको नक्सा सार्वजनिक गरेकोमा प्रसंशा गर्दै प्रदेश सरकारले भने आफै घोषणा गरेका कार्यक्रम गर्न नसकेको भन्दै आपत्ति जनाएका छन । 

https://youtu.be/oxqd1Ay1-ug

मंगलवारको वैठकमा पनि सरकारको काम कारवाही सन्तोषजनक नभएको भन्दै आलोचना भएको थियो । सुदूरपश्चिम प्रदेश सभाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सरकारबारे सोच्ने बेला आएको बताएका थिए । प्रदेश सभाको शुरू भएको छैठौं अधिवेशनको पहिलो बैठकको विशेष समयमा बोल्दै उनले प्रदेश सरकारले काम गर्न नसकेको भन्दै सरकारबारे समीक्षा गर्ने बेला आएको बताएका थिए ।

हालको कारोना महामारीबाट जनतालाई जोगाउनेदेखि लिएर विकास निर्माणको काममा प्रदेश सरकारको प्रगति निकै कमजोर रहेको बताउँदै उनले सरकार बेलैमा सच्चिनुपर्ने बताएका थिए । ‘सरकारले ढिलासुस्ती गरेको अनुभूति भएकै हो । सरकारभन्दा जनता अगाडी रहेका छन् । सरकार भएको अनुभूति भएकै छैन,’ उनले भनेका थिए, ‘सरकारको प्रगति पनि कमजोर छ । सरकार सच्चिएन भने सरकारबारे सोच्नुपर्ने बताउँदै उनले आक्रोस पोखेका थिए, ‘यो सभाले सरकार बनायो कि प्रदेश सरकारले सभा बनायो ? अब सोच्ने बेला भएको छ । 

सुदूरपश्चिम प्रदेशमा नेकपाकै सरकार रहेको छ । प्रतिपक्ष दल नेपाली काग्रेंस र जनता समाजवादी पार्टीले प्रदेश सरकार र उसको गतिविधिको विषयमा विरोध गरे पनि चर्को रुपमा भनेका छैनन् । तर सत्तारुढ पार्टीकै नेताहरु आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकार खुईल्याउन लागेका छन ।