आइसोलेनबाट भागेका बालिकाको हत्याका अभियुक्त पक्राउ
2020/12/04, 11:06
 
rape

डोटीमा अस्पतालको आइसोलेनबाट भागेका १२ वर्षीया बालिकाको हत्याका अभियुक्त पक्राउ परेका छन्।  बझाङकी १२ वर्षीया बालिका सम्झना बिकको बलात्कारपछि हत्या गर्ने अभियुक्त १६ वर्षीय राजेन्द्र बोहोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बोहोरालाई पूर्वीचौकी गाउँपालिकाको सानागाउँबाट पक्राउ गरिएको जानकारी दिए।  हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारगाचार चलान गरिएका बोहोरालाई बाल सुधार गृहमा राखिएका थियो। 

कोरोना संक्रमण पुष्टि भएपछि बाल सुधार गृहबाट अस्पतालको आइसोलेसनमा भर्ना गरिएका बेला बोहोरा भागेका थिए।  बोहोरा गत असोजमा बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका थिए। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। तर उमेर कम भएका कारण बोहोरालाई बाल सुधार गृहमा राखिएको थियो।

बोहोराले सम्झनाको हत्या गर्नु पूर्व मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको थियो।  सो घटनामा गाउँमै मिलापत्र गराउने ८ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो। उनीहरु धरौटीमा छुटेका छन्।