धनगढीका यी हुन् नायिक स्वेता खड्का हुनेवाला पति !
2020/12/04, 7:26
 
bijendra rawat

नायिका स्वेता खड्का धनगढीका युवकसँग बैवाहिक जीवनमा बाँधिदैछिन् । श्वेताले मंसीर २२ गते बिहे गदैछन् । विहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाईलाई बाँडिएको छ ।  नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । 

नायिका स्वेताका हुनेवाला पति विजेयन्द्र उनीभन्दा ८ बर्ष कान्छा छन् । उनको धनगढीमा व्यवसाय रहेको छ । उनका बुबा धरमपाल सिंह रावत धनगढी फन पार्कका सञ्चालक हुन्  । विजेयन्द्र रावतले पनि बुबाको व्यवसाय हेरिररहेका छन् । उनी उमेरले २८ बर्ष पुगेका छन । नायिका स्वेता खड्का ३६ बर्षकी भईन् ।

काठमाण्डौंमा विहे भएपछि उनको मंसीर २३ गते धनगढीमा पनि पार्टी आयोजना गरिएको पारिवारिक स्रोतले जनाएको छ । गोकर्ण रिर्पोटमा हुने विवाह समारोहका लागि रावत परिवार र आफन्तहरु काठमाण्डौं गईसकेका छन् । केही साथीभाई गईसकेका छन् भने केही जान तयारीमा छन् ।