क्रेज बढ्दैछ थारु गीत संगीत र म्युजिक भिडियोको 
2020/12/05, 12:41
 
tharu

कला संस्कृतिको धनी मानिने थारु समुदायको थारु भाषामा गीत संगीत र म्युजिक भिडियोको क्रेज बढेको छ । पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा वसोबास गर्दै आएका थारु समुदायका भाषामा गीत गाउने र म्युजिक भिडियो बनाउने होड बाजी नै चलेको छ । एकैदिन तीन वटा थारु गीतको भिडियो सार्वजनिक भएको छ । यसलाई क्रेजको उदाहरणको रुपमा लिन सकिन्छ । 

खेम चौधरी र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । एनडि स्टुडियोले सार्वजनिक गरेको छ । छन् छन् छनाछन् बोलको गीतमा दीपेन्सु चौधरी शब्द संगीत र गणेश चौधरीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा केप चौधरी र मोनिका चौधरीले अभिनय गरेका छन्। दिपेन्सु र प्रिन्सले संयुक्तरुपमा निर्देशन गरेको भिडियोलाई पतिराम र विजय खोजवारले खिचेका हुन् भने सुरेश चौधरीले सम्पादन गरेका छन्।

त्यस्तै गणेश चौधरी र समीक्षा चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा समीक्षाको शब्द र गणेश चौधरीको संगीत रहेको छ। मुकुन्द जिसीले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको भिडियोमा मुकुन्द र अन्जु कुश्मीको स्वर रहेको छ। भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।

त्यस्तै रजनीकान्त जसराजले आफ्नो युट्युब च्यानलबाट नयाँ गीत सार्वजनिक गरेको छ। संजय चौधरी र मधुरिपुको स्वर रहेको जेठी केटीमा संजय र मधुरिपुकै शब्द संगीत रहेको छ। भिडियोमा किपा श्रेष्ठ, विवेक बज्रचार्य लगायतले अभिनय गरेका छन्। भिडियोलाई रजनीकान्त, नविनलगायतले छायाँकन तथा सम्पादन गरेका छन्।