
कोरोना कहरले प्रभावित भएको सुदूरपश्चिम महोत्सवको मिति चाँडै तोकिने बताइएको छ । हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म महोत्सव आयोजना गर्दै आएको कैलाली उद्योग वाणिज्य संघले चाँडै मिति तोकिने जनाएको हो ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुुष्पराज कुँवरले सरकारले मेला–महोत्सव सञ्चालनको अनुमति नदिएकाले पूर्व निर्धारित मिति स्थगित गरिएको बताए । स्थानीय प्रशासन सँगको समन्वयमा महोत्सव सञ्चालनको मिति सार्वजनिक गरिने उनको भनाइ छ ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आर्थिक आन्दोलनको रुपमा २०६३ सालदेखि प्रत्येक वर्ष सुदूरपश्चिम महोत्सव सञ्चालन हुँदै आएको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42