चार महिनामै सवा अर्ब रुपैयाँ बढिको खाद्यान्न आयात
2020/12/09, 8:28
 
bhansar

शेरबहादुर ऐर- कैलालीमा चालू आर्थिक वर्षको पहिलो चार महिनामै गत आर्थिक वर्षभरीको आयातको तुलनामा दोब्बर बढी चामल तथा गहुँ आयात भएको छ । कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि कार्तिक महिनासम्म सो नाकाबाट चामलको तुलनामा गहुँको आयात बढि भएको छ ।

कैलाली भन्सार कार्यालयका चालू आर्थिक वर्षको पहिलो १४ चार महिनामा एक करोड ४० लाख छ हजार चार सय १९ किलो चामल आयात भएको छ । यो अवधिमा ५४ करोड ५६ लाख ६९ हजार एक सय ४९ रुपैया“ मुल्यको चामल आयात भएको छ ।  कैलाली भन्सार कार्यालयका अधिकृत डिल्लुप्रसाद शर्माले चामल आयातबाट सात करोड १० लाख ४५ हजार आठ सय १९ रुपैया“ राजश्व संकलन भएको जानकारी दिए ।

त्यस्तै, यो अवधिमा दुई करोड ३८ लाख २७ हजार ९५ किलो गहुँ आयात भएको जनाइएको छ । भन्सार कार्यालयका अनुसार यो अवधिमा ७२ करोड २७ लाख १८ हजार सात सय १२ रुपैया“ मूल्यको गहु आयात भएको छ । भने गहुँ आयातबाट छ करोड ३८ लाख ७७ हजार तीन सय रुपैया“ राजश्व संकलन गरेको जनाइएको छ ।

कैलाली भन्सार कार्यालका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ को अवधिमा एक करोड तीन लाख ३५ हजार दुई सय ७७ किलो अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा दुई करोड ५१ लाख २० हजार सात सय ८० किलो चामल आयात भएको थियो ।  भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा ५६ करोड ४२ लाख ८१ हजार आठ सय ५१ रुपैया“ र अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा एक अर्ब २८ करोड ५५ लाख ५७ हजार तीन सय ३९ रुपैया“ मूल्यको चामल आयात भएको थियो । चामल आयातबाट गत आर्थिक वर्ष २०७६÷७७ मा पा“च करोड ४४ लाख ५० हजार एक सय पा“च रुपैया“ र अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा सात करोड १७ लाख ४९ हजार छ सय ५८ रुपैया“ राजश्व संकलन भएको थियो ।

त्यस्तै, गत आर्थिक वर्ष २०७६÷७७ मा ९४ लाख ८२ हजार पाँच सय ५७ किलो र अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा दुई करोड १३ लाख ९३ हजार तीन किलो गहुँ आयात भएको थियो ।  भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा ३१ करोड ३९ लाख ५२ हजार छ सय ९८ रुपैया“ र अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ६३ करोड १७ लाख ४४ हजार चार सय ८७ रुपैया“ मूल्यको गहु“ आयात भएको थियो । भने गहु आयातबाट गत आर्थिक वर्षमा दुई करोड २० लाख ३८ हजार आठ सय ८८ रुपैया र अघिल्लो आर्थिक वर्षमा तीन करोड १५ लाख ८७ हजार तीन सय ४५ रुपैया राजश्व संकलन भएको थियो ।

कैलाली भन्सार कार्यालयका अधिकृत शर्माले बजारको माग अनुसार चामल, गहु“ आयातमा घटबढ हुने गरेको बताए । उनले भने– बजारको माग अनुसार भारतबाट यहा“ चामल गहु“ आयात हुने गरेको छ ।’  कैलालीमा गत आर्थिक वर्ष ०७६÷७७ को तुलनामा यस वर्ष एक हजार एक सय ८८ हेक्टर कम जमीनमा धान खेती गरिएको थियो । गत आर्थिक वर्ष सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार हेक्टर जमीनमा धान रोपाइँ गरिएकोमा यस वर्ष एक लाख ८० हजार एक सय ४९ हेक्टर जमीनमा धान रोपिएको थियो । धान रोप्ने खेत घटे पनि ३७ हजार २३ मेट्रिक टन धान बढि उत्पादन भएको जनाइएको छ ।

कैलाली जिल्लामा धान खेतीको क्षेत्र घटेको भए पनि छ दशमलव तीन प्रतिशतले धान उत्पादन बढेको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा कैलालीमा २० हजार २५ मेट्रिक टन धान उत्पादन बढेको हो ।  गत आर्थिक वर्ष २०७६÷७७ मा कैलालीमा तीन लाख २० हजार ९५ र आर्थिक वर्ष २०७७÷७८ मा तीन लाख ४० हजार एक सय २० मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ ।