भुसालको मृत्यु प्रकरणको कुरा संसदमा उठ्यो, छानविन गरेर दोषीमाथि कारवाहीको माग (भिडियो सहित) 
2020/05/29, 2:35
 
neta

एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद भुसालको मृत्यु प्रकरणको कुरा संसदमा उठेको छ । आजको प्रदेश सभा वैठकमा पुर्व मन्त्री दिर्घ सोडारीले सो विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले संसदमा वोल्दै घटनाको सत्य तथ्य छानविन गरेर दोषीमाथि कारवाही गर्न माग समेत गरेका छन् ।

प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठकको शुन्य समयमा बोल्दै पुर्व मन्त्री सोडारीले न्यायको खोजीमा लाखौं मानिसहरु सडकमा आउनु परेको भन्दै तत्काल दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरे । कैलाली निर्वाक्षेत्र नम्बर ४ क बाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका सोडारीले भने ‘प्रहरी प्रशासनले अनुसन्धान गरीरहेको भनिरहेको छ, तर त्यो अनुसन्धानले पुगेको छैन, अनुसन्धानको दायरा बढाउनु पर्ने अवस्था आएको छ, । तत्काल सरकारले छानविन गरेर पिडित परिवारले न्याय पाउँनु पर्छ । 

उनले घटना रहस्यमय तरिकाले भएको भन्दै प्रहरी प्रशासानलाई सत्य तथ्य अनुसन्धान तथा छानविन गर्नुपर्ने बताए । सोडारीले भने, एक ईमान्दार शिक्षाविद्को मृत्युले मसुरीया क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ, घट्नामा संलग्न जस्तोसुकै व्यक्तीलाई कानूनी दायरामा ल्याउनै पर्छ । प्रहरीले अनुसन्धानमा ढिलाई गर्न हुन्न । 

यस्तै प्रदेश सभा सदस्य मालामति रानाले  पनी भुसाल मृत्यु प्रकरणको सत्यतथ्य छानविन गरेर पिडितलाई न्याय दिनुपर्ने बताईन् । निजी विद्यालयको संगठन (एनप्याव्सन) का केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसाल बैशाख ११ गते राति घोडाघोडी नगरपालिका १० मा मृत अवस्थामा भेटिएका थिए । शिक्षाविद् कृष्ण प्रशाद भुसालको हत्या भएको भन्दै स्थानियले दैनिक प्रदर्शन गरिरहेका छन् ।