बझाङमा बसको ठक्करबाट २ बर्षिया बालिकाको मृत्यु
2020/12/11, 8:43
 
death

बझाङमा बसको ठक्करबाट २ बर्षिया बालिकाको मृत्यु भएको छ।  बित्थडचिर गाउँपालिका–९ सुनकुडामा महेन्द्रनगर आउँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिदा  बालिका दिपिका बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि स्वास्थ्य चौकी लैजादै गर्दा मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।   बसका चालक दिपक बोहोरा र बस स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।