सुदूरपश्चि प्रदेश सरकार फेल भइसक्योः सत्तारुढ सासंद जोशी (भिडियो सहित)  
2020/05/29, 3:43
 
mahesh joshi

सुदुरपश्चिम प्रदेश सभाका सत्तारुढ सांसद महेश जोशीले सुदुरपश्चिम प्रदेश सरकार फेल भईसकेको बताएका छन् । देश सभाको छैठौं अधिवेशनको चौथो बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्य जोशीले सुदुरपश्चि प्रदेश सरकार पुरै असफल भईसकेको बताएका हुन् । जोशी तत्कालीन माओवादी केन्द्रबाट कञ्चनपुरबाट विजयी सांसद हुन् । उनी अहिले नेकपाकै सांसद हुन् ।

प्रदेश सरकारको गतिविधिले संघीय व्यवस्था नै डगमगाउने अवस्थामा पुगेको भन्दै प्रदेश सांसद जोशीले संघीय व्यवस्था ठीक होईन भन्ने अवस्थाको सिर्जना भएकोले प्रदेश सरकारलाई पुर्नगठन गर्न माग गरे । ‘संघीय व्यवस्था डगमगाउने स्थिति आईसक्यो । यो व्यवस्था ठीक होईन ठीक होईन भन्ने अवस्थाको सिर्जना भईसक्यो । सरकारले रोजगारी ग्यारेन्टी गर्नुपथ्र्यो । सुरक्षा दिन सक्नुपथ्र्यो । तर यो सरकारले यो कुरा बुझ्नुपथ्र्यो । बुझ्न सकेन् ।’ प्रदेश सभा सदस्य जोशीले भने—‘यो सरकार फेल भईसक्यो । यो सरकार असफल भईसक्यो । यो सरकार जनतालाई काम लाग्दैन । तत्काल यो सरकार करेक्सन हुनुपर्छ । मेरो जोडदार माग छ सभामुख महोदय यो सरकारको समिक्षा गर्दा धेरै तल छ । यो सरकारले गर्न सक्ने काम गरेन । पैसा भएर पनि गरेन । पैसा नचाहिने लाग्ने काम पनि गरेन् । सामाजिक काम पनि गरेन् ।  शासन व्यवस्थाको काम पनि गरेन् ।’ 

प्रदेश सरकारको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रमको समिक्षा भईरहेको प्रदेश सभाको बैठकमा जोशीले सरकार जननताप्रति उत्तरदायी  नभएको भन्दै सरकार किन सदन प्रति उत्तरदायी छैन ? भनेर संसदमा प्रश्न गरे । प्रदेश सरकारका मुख्यमन्त्री संसदमा सहभागी नभएको प्रसंग उठाउँदै जोशीले भने— ‘संसदमा आएर मुख्यमन्त्रीले कुरा सुने के हुन्छ ? के महामारी आउँछ ? मन्त्रीहरु नै जिम्मेवार भएन् । मुख्यमन्त्रीले मन्त्रीलाई किन हटाउन सक्दैनन ? उनले सरकार जनताप्रति उत्तरदायी नभएकोले जनताका आशा पुरा गर्न नसकेको भन्दै सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । 

उनले संसदमा छलफलका लागि ल्याएको निति तथा कार्यक्रम र बजेटमाथिको छलफल औपचारिकता निभाउनका लागि गरिएको भन्दै प्रदेश सभा सदस्य जोशीले थपे— ‘दुई तिहाई छदैछ । जसरी पनि पास त भईहाल्छ । धनीका छोराछोरी सम्पन्नताले बिग्रिन्छन् । हामी पनि दुई तिहाई भएर बिग्रियौं । दुई तिहाई नभएको भए हामी पनि बिग्रिनबाट सजग हुन्थ्यौ ।’