बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि बझाङ–खोड्पे सडकखण्ड अवरुद्ध
2020/12/11, 6:14
 
sadak

बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि बझाङ–खोड्पे सडकखण्ड अवरुद्ध गरिएको छ ।  बालिकाका आफन्तले न्यायको माग गर्दै बिहीबार बेलुकादेखि यातायातका साधन बन्द गरेपछि यात्रु समेत अलपत्र परेका छन् भने छोटो तथा लामो यातायातका साधन समेत सुनकुडामा लाम लागेका छन् । 

बस चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरीचौकीले नियन्त्रणमा लिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।  सुनकुडामा बिहीबारदेखि अवरुद्ध भएका यातायातका साधन खोल्नको लागि गाउँपालिका जनप्रतिनिधि, प्रहरी, बालिकाका परिवार बसेर छलफल भइरहेको समेत प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

प्रहरीका अनुसार चैनपुरदेखि महेन्द्रनगर जाँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको थियो ।