व्यवसायी कृष्णवहादुर महराले धनगढीमा अत्याधुनिक मल बनाउँदै (भिडियो सहित) 
2020/12/12, 1:42
 
complex

धनगढीमा बन्दै अत्याधुनिक सुविधा सम्पन्न व्यवसायिक मल बन्ने भएको छ । पर्यटन व्यवसायी कृष्णवहादुर महराले धनगढीमा सुविधा सम्पन्न सपिङ कम्पेक्स बनाउने भएका हुन् । धनगढी चौराह स्थित कृषि सामग्री संस्थानको गोदाम अगाडी कम्पेक्स निर्माणको काम सुरु भएको हो । कम्पेक्स निर्माणका लागि भुमी पुजन गरिएको पर्यटन व्यवसायी कृष्णवहादुर महराले जानकारी दिए । 

1

उनका अनुसार ३० करोडको लगानीमा कम्पेक्स निर्माण हुन लागेको हो । अत्याधुनिक भवनसँगै वातावरणीयमैत्री, पुरै भवन सेन्ट्रल एसी, इनफिनिटी स्विमिङ पुल, हेल्थ क्लव, सावना स्टिम बाथ ज्याकुजी, व्यवसायिक मिटिङ हल, अपार्टमेन्ट, रुफ टफ रेस्टुरेन्ट लगायत अण्डर ग्राउण्ड पार्किङका सुबिधाहरु कम्पेक्समा हुनेछन ।

भवन पुरै व्यापारी प्रयोजनको हुनेछ ।  भवनमा अग्रिम बुकिङ पनि सुरु गरिएको छ । काम सुरु गरेको १८ महिनामा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।  लङटर्म लिज, स्पेस खरिद समेत गरी ढुक्क सँग आफ्नो ब्यवसाय गर्न सक्ने सुविधा रहेको व्यवसायी महराले बताए ।