भारतबाट मार्मिक देउडा गीत—‘ नई त रह्यो पैसा पास, नई रह्यो जागीर’ (भिडियो सहित)
2020/05/29, 5:09
 
anjan

कोरोना भाईरसका कारण अहिले दैनिक जसो नेपालीहरु घर फर्किरहेका छन् । तर कतिपय नेपालीहरुले रहर भएर पनि बाध्यताले घर फर्किन पाएका छैनन् । तिनै मध्येका एक हुन् भारतको राजस्थानमा रहेका अविरल अन्जान । नेपालमा केही देउडा गीत गाएका उनी पछिल्लो धेरै समयदेखि भारतमा रोजगारी गर्दै आएका छन् । कोरोनाको त्रास र त्यसले नेपालीलाई भारतमा पारेको प्रभाव र असर वारे उनले लेखेको देउडा गीत यस्तो छः

उजुरी चाईनाका नाउमा, जिउ मारा केसको
मुख धेगी मरन होईजाओ, आफनै देशको

कोई मर्या भोकले देश, रिता रहे कोख
पासो लगाई मर्नु भयो, सई नसकी भोक 

नई त रह्यो पैसा पास, नई रह्यो जागीर
नेता मर्या नेपालका, के गर्नु आखिर

डोटीको दिपायल नगरपालिका वडा नम्बर १ सिरखोलीसैनका अविरल अन्जानले केही देउडा गीतहरु पनि गाएका छन् । उनको लय र शब्दमा सात वटा देउडा गीत पनि रेकर्ड भएको छ । लकडाउनमा कारण घरभित्रै भारतमा थुनिएका उनले वर्तमान सेरोफेरोमा लेखेको देउडा गीत यस्तो छः

मन हुन्छ मौरीका जसो, काफल पाकन्जाई
घर आईजाऔं मान्न लाछु, यिन महिना लागन्जाई

भितर वन्नको बन्नै, बाहिर घुम्दो काल  
घर आउला मानिरई थे, लाग्द्या नयाँ साल

न खानाकी आहारा छ, न वस्ने डेरा छ
भित्र भोक बाहिर रोग, कालको घेरा छ

नई ओली रेल गाडी खोल्लो, नै मोदी गेट खोल्लो
समराईले कलेजो पोल्लो, भोकले पेट पोल्लो

आफ्ना वेदना आफैं देउडा गीतमा सुनाएका उनले नेपाल सरकारलाई र प्रदेश सरकारलाई पनि गुनासो सुनाउँदै उद्धारका लागि आग्रह गरे । भिडियो कुराकानीकै क्रममा उनले भने—‘नेपालका नेताई मौ लाई सुनाई दिया । म लई यसै देश छु । घर आउने वेला बाउडर आएबठी मेरो उद्धार अरि दिया । सानो १० महिनाको फुच्चे छ । अव यई फुच्चेलाई कहाँ हाल्ले हौं । कसो हाल्ले हौं । अव त सरकार हमले यई देश रोगले भन्ना भोकले मद्दु पढ्ढे लाग्यो ।’