सरकारले तोक्यो भारतबाट प्रवेश गर्ने बिन्दूहरु, कुन कुन हुन् सुदुरपश्चिमका नाका ? (भिडियो)
2020/05/29, 6:52
 
korona

सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई २० नाका तोकेको छ । कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्च स्तरीय समन्वय समितिको बसेको बैठकले २० वटा नाका तोकेको हो । त्यसमा चार नाका सुदुरपश्चिमका रहेका छन् ।

अहिले पनि कैलाली कञ्चनपु बैतडी र दार्चुलाका चार नाकाहरु भारतबाट आउनेहरुका लागि खुल्ला गर्ने निर्णय गरिएको हो । जसमा गौरीफन्टा  (कैलाली), गड्डाचौकी (कंचनपुर), झुलाघाट (बैतडी) र दार्चुला रहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए ।

सुदुरपश्चिमका बाहेक देशभरका पशुपतिनगर (इलाम), काकडभिट्टा (झापा), रानी (मोरङ), कुनौली (सप्तरी), ठाडी (सिराहा), माडर (सिराहा), भिट्टामोड (महोत्तरी), मंगलवा (सर्लाही), गौर (रौतहट), वीरगञ्ज (पर्सा), महेशपुर (बारा), बेलहिया (रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके) पनि रहेको प्रधानमन्त्री कार्यालयका सचिव बिडारीले बताए । ‘यो नाकाहरुबाट प्रवेश गराउने निर्णय कार्यान्वयन छिट्टै ल्याईने छ,’ सचिव बिडारीले भने ।

सरकारले भारत हुँदै तेस्रो देशको नागरिकलाई नेपाल प्रवेश गर्न लकडाउन सुरु हुनुअघि देखि नै रोकिरहेको छ ।