धनगढीमा दाहाल होम डेकोर खुल्योः घर सजावटका सबै सामाग्रीहरु एकै छाना मुनि (भिडियो सहित) 
2020/12/15, 9:55
 
dahal home decure

धनगढीमा दाहाल होम डेकोर खुलेको छ । घर सजावटका सबै आवश्यक सामाग्रीहरु एकै छाना मुनि उपलब्ध गराउने गरी होम डेकोर सञ्चालनमा ल्याईएको हो । झण्डै आधा करोडको लगानीमा युवा व्यवसायी अच्युत दाहालले दाहाल होम डेकोर व्यवसाय थालेका हुन् । पसलको अच्युतका बुबा कैलाश दाहालले रिबन काटेर पसल उद्घाटन गरे । 

2

1

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित द गार्डनर स्कुलसँगै घर सजावटको सेवा दिने गरी व्यवसाय संचालन गरिएको हो । दाहाल परिवारले नै द गार्डनर स्कुल सञ्चालन गर्दै आएका छन् । विद्यालय सञ्चालक कैलाशका छोराले शिक्षासँगै नयाँ व्यवसायमा हात हालेका हुन् ।

1

2

दाहाल होम डेकोरले घर सजावटका लागि आवश्यक पर्ने सम्पुर्ण सेवाहरु दिने सञ्चालक अच्युत दाहालले बताए । उनका अनुसार फर्निचर, वाल पेपर, लाईटिङ लगायत घर सजावटका सबै सामाग्री र सेवाहरु उपलब्ध रहेको छ । 

1