कोरोना भाईरसका कारण लकडाउनमा परेर भारतका विभिन्न शहरहरुमा अलपत्र परेका नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी रहेको छ । कैलालीको त्रिनगर भन्सार नाका भएर दैनिक हजारौं नेपाली श्रमिकहरु नेपाल फर्किरहेका छन् । गत जेष्ठ २ गतेदेखि नेपाली श्रमिकहरुका लागि कैलालीको त्रिनगर भन्सार नाका खुला गरेपछि नेपालीहरु आउने क्रम बढेको हो । जेष्ठ दुई गतेदेखि आज १५ गतेसम्म त्रिनगर भन्सार नाका भएर ३४ हजार १५० जना नेपालीहरु भित्रिएका छन् । विहीवारसम्म २९ हजार ८०० जना नेपालीहरु नेपाल भित्रिएकोमा आज चार हजार तीन सय ५० जना थप नेपाल आएका हुन् । जसमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुका साथै देशका विभिन्न जिल्लाका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार यसरी भित्रिनेहरुमा सुरुको दिनमा आएका केहीको सिमामा ¥यापिड टेष्ट गरिएपनि त्यसपछिदेखि आज १६ गतेसम्म आएकाहरुलाई सामान्य ज्वरो नापेर मात्रै सम्बन्धित जिल्लामा पठाईने गरिएको छ । यस्तै कैलालीको त्रिनगर नाकाबाट आज पनि भारतमा अलपत्र परेका नेपालीको उद्धार गरिएको छ । स्थानीय प्रशासनको समन्वयमा आज पनि उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार आज मात्रै चार हजार तीन सय ५० जनाको उद्धार गरीएको छ ।
आज उद्धार गरिएका कसैको पनि परीक्षण हुन नसकेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए । आज ४३ सय ५० जनाको उद्धार भएसंगै कैलालीको त्रिनगर नाकाबाट जेठ महिनाका १२ दिनको अवधिमा ३३ हजार ५० जनाको उद्धार गरिएको छ । बैशाख २ गते तीन सय ८३, ३ गते चार सय तीन, ७ गते ८ सय ५८, ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार ११, १० गते एक हजार नौँ सय ५९, ११ गते तीन हजार नौँ सय ६४, १२ गते दुई हजार दुई सय २७, १३ गते ५ हजार दुई सय ४२ जना, १४ चार हजार सात सय ९४, हिजो चार हजार पाँच सय ६४ जना र आज चार हजार तीन सय ५० जनाको उद्धार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ २ र ३ गते भित्रिएका नेपालीर्को र्यापिड टेस्ट गरिएको थियो । उनीहरु मध्ये महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो । तर ७ गते आएका ८ सय ५८ जनालाई र्यापिड टेस्ट समेत नगरी गाउँ पठाईएको थियो । ८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ ।
यस्तै ९ गतेदेखि १४ गतेसम्म आएका कसैको पनि र्यापिड टेस्ट समेत गरिएको छैन् । भारतबाट फर्किएकाहरुको परीक्षण नहुँदा कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलिने चिन्ता गरिएको छ । तर प्रदेश सरकारले भने किट अभावको कारण देखाउँदै परीक्षणको व्यवस्था मिलाउन सकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले १४ दिन क्वारेन्टाईनमा राखेपछि उनीहरुको परीक्षण हुने बताए ।
त्रिनगर भन्सार नाका भएर भित्रिएकाहरु
जेष्ठ २ गते
सि.नं. जिल्ला संख्या अन्य
१ कैलाली ११०
२ कंचनपुर ६२
३ डडेल्धुरा ६४
४ डोटी ८
५ अछाम १
६ बाजुरा ४
७ बैतडी ८८
८ बझांग
९ दार्चुला
३३७ ४६
जम्मा ३८३
जेष्ठ ३ गते
सि.नं. जिल्ला संख्या अन्य
१ कैलाली ७९
२ कंचनपुर ८५
३ डडेल्धुरा १
४ डोटी २
५ अछाम
६ बाजुरा २
७ बैतडी २९
८ बझांग ८०
९ दार्चुला
२७८ १२५
जम्मा ४०३
जेष्ठ ७ गते
सि.नं. जिल्ला संख्या अन्य
१ कैलाली २७४
२ कंचनपुर १९०
३ डडेल्धुरा ८१
४ डोटी ११५
५ अछाम ८
६ बाजुरा ५
७ बैतडी ७६
८ बझांग १९
९ दार्चुला १
७६९ ६५
जम्मा ८३४
जेष्ठ ८ गते
सि.नं. जिल्ला संख्या अन्य
१ कैलाली २८९
२ कंचनपुर १४५
३ डडेल्धुरा ३३१
४ डोटी ३८२
५ अछाम १९१
६ बाजुरा २२
७ बैतडी ८२९
८ बझांग ६५
९ दार्चुला १३
२२६७ २३१
जम्मा २४९८
जेष्ठ ९ गते
सि.नं. जिल्ला संख्या अन्य
१ कैलाली २९८
२ कंचनपुर ५४२
३ डडेल्धुरा १५३
४ डोटी ४४७
५ अछाम ३५
६ बाजुरा २६
७ बैतडी २२७
८ बझांग २२२
९ दार्चुला २१
१९७१ ४०
जम्मा २०११
जेष्ठ १० गते
सि.नं. जिल्ला संख्या अन्य
१ कैलाली २५५
२ कंचनपुर २५७
३ डडेल्धुरा २१०
४ डोटी २६३
५ अछाम २१५
६ बाजुरा २७१
७ बैतडी २८१
८ बझांग १७४
९ दार्चुला
१९२६ ३३
जम्मा १९५९
जेष्ठ ११ गते
सि.नं. जिल्ला संख्या अन्य
१ कैलाली १०३८
२ कंचनपुर ४०७
३ डडेल्धुरा ३९१
४ डोटी ९०५
५ अछाम २१०
६ बाजुरा १२८
७ बैतडी ४००
८ बझांग १३२
९ दार्चुला ४०
३६५१ ३१३
जम्मा ३९६४
जेष्ठ १२ गते
सि.नं. जिल्ला संख्या अन्य
१ कैलाली ६४५
२ कंचनपुर १३४
३ डडेल्धुरा १९८
४ डोटी ५५३
५ अछाम १६७
६ बाजुरा ५९
७ बैतडी २५३
८ बझांग ५१
९ दार्चुला ७६
२१३६ ९१
जम्मा २२२७
जेष्ठ १३ गते
सि.नं. जिल्ला संख्या अन्य
१ कैलाली ११७५
२ कंचनपुर ७०३
३ डडेल्धुरा ५०३
४ डोटी ८८१
५ अछाम ५८४
६ बाजुरा २९२
७ बैतडी ६१०
८ बझांग ३५०
९ दार्चुला ६८
५१६६ ७६
जम्मा ५२४२
जेष्ठ १४ गते
सि.नं. जिल्ला संख्या अन्य
१ कैलाली ११७७
२ कंचनपुर ४७५
३ डडेल्धुरा ३१२
४ डोटी ९४४
५ अछाम ७४५
६ बाजुरा ४०९
७ बैतडी २६९
८ बझांग १२४
९ दार्चुला ४१
४४९६ ३००
जम्मा ४७९६
जेष्ठ १५ गते
सि.नं. जिल्ला संख्या अन्य
१ कैलाली ११२७
२ कंचनपुर ४४८
३ डडेल्धुरा ४५५
४ डोटी ८३०
५ अछाम ७६१
६ बाजुरा ४०९
७ बैतडी २२३
८ बझांग ११३
९ दार्चुला ५६
४४२२ १४२
जम्मा ४५६४
जेष्ठ १६ गते