सुदूरपश्चिमका क्वारेन्टाईनमा क्षमताभन्दा वढी मान्छे, वेड अभावकै बीच कोचाकोच गरेर राखिदैं, क्वारेन्टाइन व्यवस्थापन गर्न स्थानीय तहलाई हम्मेहम्मे
2020/05/30, 8:02
 
korona

सुदूरपश्चिम प्रदेशमा भारतबाट आउनेको संख्या बढ्दै गएपछि स्थानीय तहका क्वारेन्टाइन भरिएका छन् । प्रदेशका सवै जसो स्थानीय तहमा क्वारेन्टाइनको बेड संख्या अपुग भइसकेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले स्थानीय तहका लगभग ८ सय ४३ वटा क्वारेन्टाईनमा रहेका २९ हजार ५ सय ६४ बेड अपुग भएको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ३२ हजार ७ सय ३२ जना पुगिसकेको छ ।

निर्देशनालयका अनुसार बझाङ, बाजुराका क्वारेन्टाईनमा क्षमताभन्दा वढी मानिसहरु राखिएको छ  । अछाम, बैतडी, डडेल्धुरा, दार्चुला, डोटी जिल्लाका क्वारेन्टाइन पनि भरि भराउ भएका छन् । भारतबाट दैनिक हजारौंको संख्यामा नेपाली भित्रिन थालेपछि क्वारेन्टाइनको व्यवस्थापन गर्न स्थानीय तहलाई हम्मेहम्मे परिरहेको छ ।

भारतका विभिन्न सहरबाट आई सुदूरपश्चिमका नाकामा भित्रने नेपालीको ओइरो रोकिएको छैन । पछिल्लो दुई सातामा कैलालीको गौरीफन्टा नाकाबाट मात्रै ३३ हजार नेपाली भित्रिएका छन् ।

स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले किट अभावको कारण सीमा नाकामा गरिने आरडीटी जाँचलाई निरन्तरता दिन नसकेको बताए । उनीहरुको स्वास्थ्य जाँच स्थानीय तहको क्वारेन्टाइनमै गरिने उनले जानकारी दिए । क्वारेन्टाइन अपुग हुँदा परीक्षणको दायरा समेत नबढ्दा भारतबाट भित्रिएकाबाट कोरोना समुदायमा फैलिन सक्ने चिन्ता बढेको छ ।