
बैतडीको सिगाश गाउँपालिका-९ ढोल्यामोडमा जिप दुर्घटना हुदा चालक सहित चार जना घाइते भएका छन । खोड्पेबाट बित्थडतर्फ जाँदै गरेको से १ ज ८८६ नम्बरको जिप बिहीबार बिहान ४ बजे तिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उद्वार भइरहेको र परिचय खुल्न बाकी रहेको ढोल्यामोड प्रहरी चौकी इन्चार्ज जिएस महराले जानकारी दिए ।
