
बैतडीको सिगाश गाउँपालिका-९ ढोल्यामोडमा जिप दुर्घटना हुदा चालकको घटना स्थलमै ज्यान गएको छ । बझाङको बुङ्गल नगरपालिका-११ घर भएका चालक धन बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

धनगढीबाट बझाङ जाने क्रममा आज बिहान ४ बजेको समयमा खोड्पे बित्थड सडकखण्डको ढोल्यामोडमा दुर्घटना भएको थियो ।
जिपमा सवार अन्य तीन जना गम्भीर घाइते भएका छन । घाइतेको परिचय खुल्न बाकी छ ।
