नेपाली महिला क्रिकेट टीमकी सदस्य रितु कनौजिया पाको उमेरकी खेलाडी हुन् । उनको उमेर अहिले ३८ बर्ष पुगेको छ उनलाई । विस २०३९ सालमा बैतडीको गढीमा जन्मिएकी रितुले बैतडीबाट नै क्रिकेट करियर सुरु गरेकी थिईन् । डेढ दशक लामो क्रिकेटरमा अहिले उनी त्यही फर्किएकी छिन् जहाँबाट करियरको सुरुवात रहेकी थिईन् । यसको अर्थ उनको करियर सकिएर वा उनी खराब फममा भएर होईन् । उनी आफ्नै रहरले फर्केकी हुन् ।
उनको समयमा क्रिकेट त्यो महिलालाई निकै कठिन थियो । घरबाट अझ केटीहरुलाई क्रिकेट खेल्न दिनु पनि महानता नै मानिन्थ्यो । रितुलाई घरबाट रोकतोक केही पनि भएन् । घरका अधिकांश सदस्यहरु फोर्सको जागीरतिर थिए । त्यही भएर पनि उनले निकै समस्इा झेल्नु परेन् । उनलाई घरबाट क्रिकेट खेल्न कुनै कठिन भएन । भाई कराँते खेल्थे । उनका बुबाले कहिले केहि भनेनन् । उनकी आमा वितेको पनि २१ वर्ष वितिसकेको छ ।
बैतडीको बाल मन्दिरमा केटाहरुसँग क्रिकेट खेल्थिन् । नातामा उनीहरु नाताले रितुका दाईहरु पर्थे । उनले पनि १०–१२ वर्षको हुँदा देखि नै दाईहरुसँग क्रिकेट खेल्न थालेकी थिईन् । रितुले क्रिकेट थाल्दाका दिनमा आफ्नो व्यक्तीगत ब्याट बल हुदैनथ्यो । त्यो बेला सुदूरपश्चिममा क्रिकेटको क्षेत्र थियो । क्रिकेट क्षेत्र नम्बर ६ बैतडी । त्यही क्षेत्रले दिएका खेल सामाग्रीले क्रिकेट खेल्नुपर्ने बाध्यता चिर्दै अगाडी बढेकी हुन् रितु । क्याम्प (बन्द प्रशिक्षण) मा जाँदा क्षेत्रको सामाग्री लगेर जाने गरेको विगत उनले बिर्सेकी छैनन् । घरमा खेल्दा भने दाईहरुले दिने गरेका थिए । सुरुमा मोजाको बल अनि टेनिस बलले खेलियोको स्मरण तौ छ उनको मनमा ।
२०६४ सालमा पहिलो पटक बैतडी जिल्लाबाट डडेल्धुरामा क्षेत्रीय छनोट खेल्न गएकी थिईन् उनी । क्षेत्रीय छनोट खेलेर डडेल्धुराबाटै उनी राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौं गईन् । क्षेत्र नम्बर ६ को कप्तानको जिम्मेवारी दिईएको थियो रितुलाई । जसमा फाईनलमा क्षेत्र नम्बर ५ नेपालगञ्जसँग पराजित भएको थियो क्षेत्र नम्बर ६ बैतडी । पहिलो पटक क्षेत्रको छनोटको खेलमा कञ्चनपुर विरुद्ध ८९ रन हानेकी थिईन् उनले । क्षेत्रीय प्रतियोगितामा उनी उत्कृष्ट बलर र प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएकी थिईन् । त्यो बेला उनले ९ विकेट लिएकी थिईन् । पहिला रन त्यति बेला खासै मतलब नहुने भएकोले उनी क्षेत्रीय प्रतियोगितामा धेरै पटक उत्कृष्ट बलर हुन्थीन् ।
‘प्रायः नेपालगञ्जसँग फाइनलमा भिड्थ्यो क्षेत्र नम्बर ६ बैतडी । हारको अन्तर निकै झिनो हुन्थ्यो । बरु फराकिलो अन्तरले हार्दा त्यति पिडा र दुःख हुँदैन । जति ४–५ रन र १–२ विकेटले हार्दा हुन्छ ।’– उनी विगत स्मरण गर्छिन् । पहिलो राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनले उनलाई पहिलो सहभागीतामै क्याम्पमा पर्ने मौका मिल्यो । बन्द प्रशिक्षणपछि नेरी थापाको कप्तानीमा राष्ट्रिय टोली घोषणा हुँदा सुदूरपश्चिमबाट रितु र माया रावत नेपाली राष्ट्रिय टोलीमा परेका थिए । नेपाली महिला क्रिकेट टोलीको सदस्य भएपछि उनी मलेसियामा एसिसी वुमन्स प्रतियोगिता खेल्न गईन् । जुन नेपाली महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय खेल थियो ।
त्यो प्रतियोगितामा नेपाल दोस्रो भएर फर्किदा रितु महत्वपुर्ण सदस्यको रुपमा थिईन् । बंगलादेशसँग फाइलमा पराजित भएर फर्किएको थियो नेपाली टोली । पहिलो प्रतियोगितामै राम्रो खेलेको थियो नेपाी महिला टोलीले रितुको प्रर्दशन ठिकै थियो । उनले ओपनिङ ब्याटिङ गरेकी थिईन् । नेपालकै अवस्थामा रहेको बंगलादेशले क्रिकेटमा गरेको प्रगतिले रितु उत्साहित छिन तर नेपाली महिला क्रिकेटको अवस्था जहाँ त्यही हुँदा भने उनी निकै दुःखित छन् ।
सन् २००९ मा उनले नेपाली महिला टोलीको कप्तानी समेत गरेकी थिईन् उनले । मलेसियामा भएको एसिसी वुमन्स टि–२० प्रतियोगिता नेपाली टीमको कप्तानी गरेको त्यही एक प्रतियोगिता थियो उनको । जुन प्रतियोगितामा नेपाली महिला टोली तेस्रो भएको थियो । ‘मैले कप्तानी गरेको प्रतियोगितामा हामी तेस्रो भएका थियौं । त्यही प्रतियोगितामै नेपाली टीमकी अहिलेकी कप्तान रुविना क्षेत्रीले डेब्यु गरेको हो ।’ रितु सम्झीन्छिन्–‘मैले पछिल्लो पटक नेपालबाट थाईल्यान्डमा भएको विश्वकप छनोट खेलेको थिएँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भने बन्द प्रशिक्षणको क्रममा घुँडामा चोटका कारण खेल्न पाईन ।’
पछिल्लो समय उनी डाक्टरको नियमित सल्लाहमा क्रिकेट खेलिरहेकी छिन् । विभागीय टीम एपिएफएबाट २०६८ सालदेखि खेल्दै आएकी उनको करार सम्झौता पनि सकिएको छ । हुन त विभागले उनलाई पटक पटक शसस्त्र प्रहरीमै जागीरको अवसर नदिएको पनि होईन् तर घरका सबै जना फोर्सकै भएका कारण उनलाई त्यसमा जागीर खान मन लागेन् । त्यसपछि सम्झौता पनि थपिनन् । फेरि फर्किनन् त्यही बैतडी जहाँबाट सुरु गरेकी थिईन् क्रिकेट करियर । दुई बर्षसम्म आफुलाई फिट गरेर प्रदेशका लागि खेल्ने र त्यसपछि प्रशिक्षक बन्ने उनको योजना रहेको छ । ‘हामी अहिलेको अवस्थाबाट माथि उठ्न धेरै परिवर्तन गर्नुपर्छ । पहिला त घरेलु प्रतियोगिता धेरैभन्दा धेरै हुनुपर्छ ।’ उनी भन्छिन्–‘जसले गर्दा खेलाडी व्यस्त हुन्छन् । लोकप्रियता बढ्न सक्छ । युवा खेलाडी आकर्षित हुन्छ । अनि मात्र हामीले विश्वकप र त्योभन्दा माथि सोच राख्न सकिन्छ ।’
पाँचौ राष्ट्रियमा रितुकै कप्तानीमा क्षेत्र नम्बर ६ ले स्वर्ण पदक जितेको थियो । त्यसपछि प्रदेशको टोलीले स्वर्ण पदक जितेको छैन् । अबको दुई बर्षमा सुदूरपश्चिम प्रदेशको महिला टोलीलाई फेरि स्वर्ण जिताउने उनको सपना छ । बुधबार सुदुरपश्चिम प्रदेश स्तरीय छनोट प्रतियोगितामा उनले कप्तानी गरेको बैतडी जिल्ला प्रदेश च्याम्पीयन बनेको छ । प्रदेशका विभिन्न जिल्लाहरुबाट सहभागीता जनाएका उत्कृष्ट खेलाडीहरु सम्मिलित सुदूरपश्चिमको टोली घोषणा भएको छ । जसमा उनी पनि छन् । त्यसमा अनुभवी र सम्भावना बोकेका युवा खेलाडीहरु सहितको छनोट समितिले छानेको टोलीले उत्कृष्ट नतिजा दिने आशा रितुको रहेको छ ।
२०६८ साल देखि एपिएफबाट खेल्न थालेकी उनको गत चैत्रमा सम्झौता सकियो । त्यसपछि उनले प्रदेशबाट खेल्ने तयारी थालिन् र बैतडी जिल्लालाई प्रदेश च्याम्पीयन पनि बनाईन् । पहिला र अहिले पनि महिला क्रिकेटको अवस्था लगभग उस्तै देख्छिन् उनी । ‘अहिले पनि पहिलाको जस्तै नाजुक छ । सरकार र नेपाल क्रिकेट संघ (क्यान) ले केही दिन सकेनन् ।’ उनले भनिन् । अहिले क्यानले १८ खेलाडीलाई मासिक तलब दिन थालेको त्यसमा रितु पनि परेकी छिन् । ‘पहिला सबै क्रिकेट खेल्न आउँथे । अहिले आउँदैनन् । अहिले जिल्ला टिम बनाउनै गाहे पर्छ । पहिला जसरी पनि खेल्थे ।’ विगत र अहिलेलाई तुलना गर्दै उनी भन्छिन्–‘पहिला क्षेत्रको टोलीमा बैतडीका खेलाडी सबैभन्दा धेरै हुन्थे ।
अहिले जिल्ला जिल्लामा क्यान छ । तर महिला क्रिकेट खेलाडीहरुका लागि केही गर्न सकेका छैनन् । गर्न सकेमा अहिलेका केटीहरुमा सम्भावना राम्रो छ । अभिभाकवहरुले पनि साथ दिईरहेका छन ।’ नेपाली महिला क्रिकेटको लोकप्रियता पहिलाको तुलनामा घट्दो मान्छिन् रितु । ‘पहिलाको भन्दा अहिले स्तर धेरै खस्केको छ । सुरुवात गर्दा भन्दा पनि हामी धेरै तल खस्केका छौं । हामीले हराउने थाईल्यान्डले विश्वकप खेलिसकेको छ । हामीले पहिलो प्रतियोगिताको फाइनलमा हारेको बंगलादेश आज टेष्ट टोली बनेको छ । हामी भने जहाँ थियौं, अझ त्यो भन्दा पनि बढी खस्किएका छौं ।’ उनी थप्छिन्–‘ केटाहरुलाई जस्तै हामीलाई पनि दुई चार वर्षको लागि एउटै मात्र स्थायी प्रशिक्षक हुनुपर्छ । महिला टोलीको लागि महिला प्रशिक्षक महत्वपुर्ण र आवश्यकता देखिन्छ । केटिहरुलाई महिनामा एक पटक समस्या हुन्छ नै हुन्छ । महिनावारीको समयमा पेट दुखेको देखि सबै कुरा पुरुषलाई खुलेर भन्न सकिदैन । महिला प्रशिक्षक भए त सजिलो हुन्थ्यो होला ।’