धनगढीमा मैनबत्ती बालेर सरकारको खोजी
2020/05/30, 3:12
 
hatya

गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा अन्तरजातीय विवाहको विषयमा ५ जनाको हत्या र एक जना बेपत्ता भएको घटनाप्रति सरकारले देखाएको उदासिनपछि देशै भरिका दलित समुदाय आन्दोलित भएका छन । दोषीहरुलाई कारवाहीको माग राख्दै हराएको सरकार खोज्न राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुदुर पश्चिम प्रदेश समितिले धनगढीमा सांकेतिक रुपमा मैनबत्ती बालेर विरोध गरेको छ ।

सरकार अध्यारोमा कहाँ छ उज्यालोमा यहाँ छ । सरकार आँखा खोल लगायतका नारा लेखिएका प्लेकार्ट सहित राष्ट्रिय दलित पत्रकार संघले मैनबत्ती बालेर धनगढीको पार्कचोकबाट पश्चिम रुकुम घटनाप्रति सरकारलाइ जवाफदेही हुन ध्यानाकर्षण गराएका हुन् । सरकारले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कानुनी कार्वाहीको दायरा ल्याएर यस्ता अमानवीय घटना हुन नदिन सरकार सचेत हुनुपर्ने विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दलित पत्रकार संघसुदुर पश्चिम प्रदेश अध्यक्ष रमा भट्टराई जैरुले भनिन ।

जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफ्नी प्रेमिका भगाउन साथीहरु लिएर गएकोमा उनीहरुमाथि आक्रमण गरिएको थियो । आक्रमणमा नवराज सहित उनका ४ जना साथी मारिएका छन भने एक जना अझै वेपत्ता छन ।