धनगढी उप–महानगरपालिका १४ की बिस्नु थापाका श्रीमानको आधा उमेर भारतमै वित्यो । अझै पनि उनका श्रीमानको रहर सकुञ्जेलसम्म भारतमै रोजगारी गर्ने सोचमा थिए । तर उनको त्यो सोचलाई कोरोना कहरले बिचमै अवरुद्ध बनायो । अनि के गरौं भनेर उनका श्रीमान दोधारमै रहेका वेला वडा सदस्य मार्फत विस्नाले उद्यमसिलताको तालिम हुन लागेको थाहा पाईन् । उनले त्यो तालिम लिने र पछि मिलेर यतै काम गर्ने सल्लाह गरिन् । त्यसमा श्रीमान राजी भए । विस्नु तालिममा सहभागी भईन् ।
तालिममा सहभागी भएर उनले उनले कसरी उद्यम गर्ने, किन गर्ने, कुन उद्यमका के कस्ता समस्याहरु छन्, त्यसका चुनौतीहरु के कस्ता छन्, त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा थाहा पाईन् । तालिममै सहभागी भईरहँदा उनले तरकारी खेती गर्ने सोच बनाईन् । अनि श्रीमानसँग मिलेर बन्धकी रहेको जग्गामा तरकारी खेती गर्ने योजना बन्यो । श्रीमानले भारत जानका लागि आफ्नै जग्गालाई बन्धकी राखेर रकम लिएका थिए । त्यो रकम केही तिरिसकिएको छ भने बाँकी रकम पनि तिर्ने तयारीमा थापा दम्पति रहेका छन् ।
अहिले विस्नुको ५ कठ्ठा तरकारीले भरिएको छ । फुल गोभी र बन्द गोभी फक्रिने तयारीमा छन् । खुर्सानी र धनियाले बारी नै हरियो भएको छ । मसिनो माटोमा मोठा र ठुला मुलाहरु फलिरहेका छन् । केही तरकारीहरुका विउ रोप्नलाई तयार भईसकेका छन् । केही तरकारी माटोसँग लडिबुडी गरिरहेका छन् । केही महिना अघि सामान्य घर चलाउनका लागि अरुको भर पर्ने र प्रायः सधैं निराश र महिना देखिने विस्नुको अनुहार फेरिएको छ । मुहारमा चमक थपिएको छ । खुशी छन श्रीमान पनि श्रीमान श्रीमतिसँगै दाजु भाउजुका हातहरु पनि तरकारी फलाउनमा सघाउ बनिरहेका छन् । श्रीमानलाई घरमा राख्ने सोचले सुरु गरेको तरकारी खेतीहरुले आफुहरुको जीवन पनि फेरिएकोमा खुशी छिन् विस्नु । ‘श्रीमान कामका लागि भारत जानु हुन्थ्यो । अहिले संगै आर्गानीक तरकारी खेती गरिरहेकाछौं ।’ थापाले भनिन– ‘भारतमा नौकरी गरेर कमाउने पैसाभन्दा वढी घरकै बारीमा काम गर्दा कमाई हुने रहेछ । गाउँमै तरकारी खेती गरेर कमाउन सकिने देखेर नै अहिले दाजु भाउजुले पनि सघाईरहनु भएको छ ।’
विस्नको परिवारले अहिले गरिरहेको ५ कठ्ठा जमीन अपुग हुन थालेको छ । त्यसका लागि १० कठ्ठा जमीन भाडामा लिईसकिएको छ । अब त्यहाँ पनि तरकारी खेती विस्तार हुदैंछ । उनीहरुले गरेको तरकारी विक्री वितरण गर्न पनि कुनै अप्ठेरो छैन् । यसअघि त्यही बन्धकी राखेको जमिनमा थापा दम्पतिले धान र गहुँ खेती लगाउने गरेका थिए । तर अब उनीहरु धान गहुँ खेती नगर्ने निधो गरिसकेका छन् । आज श्रीमानलाई घरमा रोक्दा तरकारी खेती गरेर कमाई हुन थालेपछि विस्नु निकै खुशी भएकी छिन् । ‘धान गहुँ लगाएर भएको उत्पादन तीन महिना पनि खान पुग्दैनथ्यो । बर्षभरी किनेरै खानुपथ्र्यो ।’ थापाले भनिन– ‘अहिले तरकारी खेती लगाउन थालेपछि यसबाटै कमाई भएको छ । त्यो पैसाले आवश्यक सवै खर्च कटाएर आम्दानी पनि हुन थालेको छ । अब हामी किन धान गहुँ लगाउने तरकारी खेती नै गर्छौ अब ।’
विस्नाले तरकारी खेतीमा लाग्ने उत्प्रेरणा र आवश्यक प्राविधिक सहयोग कोभिड १९ प्रभावितका लागि आर्थिक सामाजिक रिकभरी परियोजनाले गरेको हो । युनडीपीको आर्थिक सहयोगमा जिल्ला लघु उद्यमी समुह संघ कैलाली तथा धनगढी उपमहानगरपालिका सहयोग र समन्वयमा गरिएको लघु उद्यमशीलता तालिमले उनलाई तरकारी खेती गर्न उर्जा थप्यो । त्यसैबाट उनलाई तरकारी खेती गर्नका लागि आवश्यक तरकारीको बिउ, मोटर र सिंचाईका लागि पाईप पाईन् । त्यहीबाट नै कृषि माफृत उन्नतिको बाटोमा लागेको बिस्ना बताउँछिन् ।
विशेष गरेर कोभिड १९ बाट रोजगारी गुमाएका र भारतबाट आएका आप्रवासी कामदारलाई जिविकोपार्जन सुधार गर्न उद्यमशीलता तालिम दिईएको थियो । कोभिड १९ प्रभावितका लागि आर्थिक सामाजिक रिकभरी परियोजनाले दिएको तालिममा सहभागी हुन पाएपछि उनमा उद्यमसिलता गर्ने उत्प्रेरणा जागेको हो ।
धनगढी उपमहानगरपालिकासँग मिलेर सञ्चालन भईरहेको परियोजनाले विस्ना जस्ता आफ्नै घरमा वसेर काम गर्न चाहनेलाई तालिम गराउँदै उद्यमसिलतातिर लगाईरहेको जिल्ला लघु उद्यमी समुह संघ कैलालीका अध्यक्ष गणेश विष्टले बताए । व्यवसायपछि किसानहरुका लागि उत्पादनलाई बजारीकरण गराउन पनि आफुहरुले पहल गरेको उनले बताए । यो परियोजना धनगढीका तीन वटा वडामा लागु गरिएको छ । धनगढी उपमहानगरपलिका वडा नम्बर १, १४ र १६ का एक सय ५० जनाभन्दा वढीलाई परियोजनाको सहयोगमा स्वरोजगार बनाईएको छ ।