ओरिजिनल कन्टेन्टमा दरिद्र बलिउड, रिमेकको बाढी ल्याउँदै
2020/12/31, 11:29
 
comrade

सन् २०२१ मा बलिउडमा रिमेक फिल्महरूको बाढी आउन लागेको छ । 
 

ओरिजिनल सोच नभएका बलिउडकर्मीहरू अन्य भाषामा बनिसकेको फिल्म रिमेक गरेर दर्शकलाई मूर्ख बनाउनका लागि तम्तयार भएका छन् । 

जर्सी
शाहिद कपूरको फिल्म जर्सी सन् २०१९ मा रिलीज भएको एक तेलुगु फिल्मको हिन्दी रिमेक हो । गौतम टिन्नानुरीले मूल फिल्मको निर्देशन गरेका थिए र उनैले यस रिमेक फिल्मको पनि निर्देशन गरेका छन् । फिल्ममा शाहिदले अर्जुन रायचन्द नामक खेलाडीको भूमिका निर्वाह गर्दैछन् । 

लाल सिंह चड्ढा
आमिर खान र करीना कपूरको फिल्म लाल सिंह चड्ढा लामो समयदेखि चर्चामा छ । हलिउडको सर्वकालीन महान् फिल्ममध्ये एक फरेस्ट गम्पको यस रिमेकमा आमिर खान पञ्जाबी सरदारको भूमिकामा देखिँदैछन् । 

द गर्ल अन द ट्रेन
सन् २०१५ मा आएको यसै शीर्षकको पुस्तकमा हलिउडले सन् २०१६ मा फिल्म बनाइसकेको छ । अब यसैलाई हिन्दीमा रिमेक गरिन लागेको छ । यसमा परिणीति चोपडाको प्रमुख भूमिका छ । 

विक्रम वेधा
तमिल भाषामा यसै शीर्षकमा बनेको फिल्मलाई हिन्दीमा रिमेक गरिएको छ । सैफ अली खान र आमिर खान प्रमुख भूमिकामा देखिनेछन् । 
 

र्‍याम्बो
ब्लकबस्टर हउिड फिल्म र्‍याम्बोको पनि हिन्दी रिमेक गरिएको छ । टाइगर श्रोफ फिल्ममा खतरनाक रफ यान्ड टफ नायकको भूमिकामा देखिनेछन् । 
 

तडप
दक्षिण भारतीय फिल्म आरएक्स१०० लाई हिन्दीमा रिमेक गरिँदैछ र तडप नाम राखिएको छ । सुनील शेट्टीका छोरा अहान शेट्टी फिल्ममा नायक छन् भने मिलन लुथरियाले यसको निर्देशन गरेका छन् । 

द इन्टर्न
हलिउड फिल्म द इन्टर्नको यो रिमेकको कथा काममा फर्किन चाहेकी र इन्टर्न बन्न खोजेकी ७० वर्षीया विधवाको बारेमा छ । फिल्ममा दीपिका पादुकोण प्रमुख भूमिकामा छिन् । 
 

डियर कामरेड
दक्षिण भारतीय सुपरहिट फिल्म डियर कामरेडलाई हिन्दीमा रिमेक गर्नका लागि सन् २०१९ मा धर्मा प्रोडक्सनले प्रतिलिपि अधिकार किनिसकेको छ । सन् २०२१ मा यसको शूटिङ शुरू गरिनेछ ।