
पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।

अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् । शनिबार कोरोना भाइरसका एक सय ८९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए ।
नेपालमा अब एक हजार चार सय एक जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार १३ जना कोरोना जितेर घर फर्केका छन ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 9:19
2020/12/17, 1:52
2021/07/28, 9:30
2022/04/27, 1:47
2023/01/28, 2:56