
‘भन् साली तेरी दिदी कहाँ छ’ यो गीत यतिबेला टिकटकमा भाइरल भएको छ । गायक चक्र बम र गायिका लक्ष्मी आचार्यको स्वर रहेको यो गीत टिकटकमा मात्र होइन युट्युवमा समेत श्रोता दर्शकले रुचाएका छन् । सुदूर पश्चिमको शैलीमा तयार भएको गीतमा दिदीको बिषयमा साली भेनाको सम्वाद समेटिएको छ । चक्र बमकै शब्द रहेको गीतमा देउडा समेत फ्युजन गरिएको छ ।

समाचार तयार गर्दासम्म गीतले करिव साढे ६ लाख लाख दर्शक पाएको छ । गीतलाई ३० हजारले लाइक दिएका छन् भने एक हजारले डिसलाइक दिएका छन् । नरेन्द्रराज रेग्मीको संगीत रहेको गीतको भिडियो स्टेज फमेन्सको शैलीमा तयार पारिएको छ । भिडियोमा बाध्यबाधक टोलीसहित गायक गायिका नै प्रस्तुत भएका छन् । ‘गीतको शैली श्रोता दर्शकका लागि नौलो भएर होला सबैले रुचाएका छन्’ गायिका लक्ष्मीले भनिन्–‘प्रतिक्रिया पनि सकारात्मक नै आएको छ ।’

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 4:15
2020/12/26, 10:35
2021/04/30, 10:07
2021/11/17, 12:48
2023/08/06, 2:16